सबै समाचार

1003 Posts
हेटौंडामा विश्व वातावरण दिवसको सन्दर्भमा ‘प्रकृति सम्वाद यात्रा’ सम्पन्न

हेटौंडामा विश्व वातावरण दिवसको सन्दर्भमा ‘प्रकृति सम्वाद यात्रा’ सम्पन्न

हेटौंडा । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा विश्व वातावरण दिवस–२०८२ को सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ‘प्रकृति सम्वाद यात्रा’ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष फुर्वा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा हेटौंडा क्षेत्रका विभिन्न विद्यालय र बाल क्लबहरूबाट ७५ जना बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले वन विज्ञान अध्ययन संस्थाको प्राङ्गणभित्रको जंगल, गार्डेन तथा जैविक विविधता स्थलहरूको अवलोकन गरेका थिए। वातावरणीय संरक्षण सम्बन्धी संवादात्मक शिक्षा प्रदान गरिएको कार्यक्रममा वन विज्ञान संकायका विद्यार्थीहरूले सहजीकरण गरेका थिए। उनीहरूले…
Read More
हेटौंडामा विश्व दुध दिवसमा प्रभातफेरी

हेटौंडामा विश्व दुध दिवसमा प्रभातफेरी

मकवानपुर । हेटौंडामा ‘दुधको खपत बढाऔं, अर्थतन्त्रलाई सवल बनाऔं’ भन्ने मूल नाराका साथ २५ औं विश्व दुध दिवस मनाइएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा विश्व दुध दिवस मनाइएको हो । आइतबार बिहान बागमती प्रदेशको राजधानी हेटौंडास्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, बागमती प्रदेशको प्राङ्गण चौकीटोलदेखि सुरु भएको प्रभातफेरी ¥याली रोयल प्यालेस हेटौंडामा पुगेर सभामा परिणत भएको थियो । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रम नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री अधिकारीले किसानको समस्या समाधान गर्नका लागि सरकार प्रतिवद्ध…
Read More
हेटौँडामा ५३ औं विश्व वातावरण दिवस सप्ताहव्यापी कार्यक्रमसहित मनाइने

हेटौँडामा ५३ औं विश्व वातावरण दिवस सप्ताहव्यापी कार्यक्रमसहित मनाइने

हेटौँडा । ५३ औं विश्व वातावरण दिवसको अवसरमा हेटौंडामा जेठ १६ गतेदेखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने भएको छ । ‘प्लास्टिक प्रदूषण नियन्त्रण गरौँ’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरिने टोल विकास संस्था नगर समन्वय समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । कार्यक्रमको पहिलो दिन जेठ १६ गते हेटौंडा उपमहानगरपालिकामा रक्तदान कार्यक्रम आयोजना गरिनेछ । जेठ १७ गते ‘सफा हेटौँडा अभियान’ अन्तर्गत विभिन्न टोल विकास संस्थामा बृहत सरसफाइ कार्यक्रम हुनेछ । जेठ १८ गते ‘हेटौंडाको सुन्दर वातावरण’ विषयक चित्रकला प्रतियोगिता र प्रकृति संवाद यात्रा २०८२ सञ्चालन गरिने छ । जेठ १९ गते ‘बोत्तल देउ, विरुवा लिउ’ कार्यक्रम…
Read More
हेटौँडामा जीवनरक्षक चणिकलाल तामाङलाई १ लाख, पत्रकारहरू सम्मानित

हेटौँडामा जीवनरक्षक चणिकलाल तामाङलाई १ लाख, पत्रकारहरू सम्मानित

हेटौँडा । गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले हेटौँडामा आयोजना गरेको विशेष समारोहमा विपद् व्यवस्थापनमा योगदान दिने र सञ्चार क्षेत्रमा उत्कृष्टता देखाउने व्यक्तिहरूलाई सम्मान गरिएको छ । गत असोज १२ मा नख्खु खोलामा आएको बाढीमा दुई जनाको ज्यान जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका चणिकलाल तामाङलाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो । त्यसैगरी सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालित समाचार लेखन प्रतियोगितामा विजयी भएका पत्रकारहरूलाई नगद पुरस्कार सहित सम्मान गरियो । प्रथम स्थान प्राप्त कृष्णा विष्ट (सुनिता) ले नगद २० हजार रुपैयाँ प्राप्त गरिन् । द्वितीय स्थानमा रहेकी सरस्वती अधिकारी ले १५ हजार रुपैयाँ पाएकी छन् ।…
Read More
साहित्य सङ्गम मकवानपुरको अक्षयकोषमा १ लाख सहयोग

साहित्य सङ्गम मकवानपुरको अक्षयकोषमा १ लाख सहयोग

हेटौंडा । साहित्यिक क्षेत्रको सशक्त गतिविधिका लागि स्थापना गरिएको साहित्य सङ्गम मकवानपुरको अक्षयकोषमा डा. केशव श्रेष्ठ ‘ज्योति’ले १ लाख रुपैयाँ सहयोग गरेका छन्। सङ्गमका संस्थापक सदस्य तथा “साहित्य सङ्गम मकवानपुर कृति सम्मान”का संस्थापक समेत रहेका डा. श्रेष्ठले हालै सम्पन्न साहित्य उत्सव कार्यक्रममा संस्थाका अध्यक्ष डी.बी. बर्तौलालाई चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रमका क्रममा डा. श्रेष्ठले हालसम्म २५ हजार रुपैयाँ रहेको कृति सम्मानको राशी आगामी वर्षदेखि ३५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गर्दै साहित्यिक योगदानलाई अझ थप प्रोत्साहन दिने प्रतिबद्धता व्यक्त गरे। साहित्य सङ्गम मकवानपुरले नियमित साहित्यिक गतिविधि सञ्चालन र दीर्घकालीन योजना कार्यान्वयनका लागि अक्षयकोष स्थापना गरेको हो। संस्थाले डा. श्रेष्ठको सहयोगप्रति आभार…
Read More
बागमती प्रदेश सरकारको आ.व. २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक

बागमती प्रदेश सरकारको आ.व. २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभामा ११६ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। नयाँ नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, खेलकुद, रोजगारी प्रवद्र्धन र भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिइएको छ। यी क्षेत्रहरूलाई समेट्दै प्रदेश सरकारले समावेशी विकास र समृद्धिको बाटो खोल्ने दाबी गरेको छ। प्रदेश सरकारले रोजगारी सृजना गर्ने कार्यक्रम, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने योजना, पर्यटन विकासमा लगानी बढाउने नीति, गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउने तथा ग्रामीण भेगमा भौतिक पूर्वाधार विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ। हेर्नुहोस् पूर्णपाठ–
Read More
हेटौंडामा सम्पन्न भयो पत्रकार महासंघ बागमती प्रदेशको प्रादेशिक भेला, १३ बुँदे घोषणापत्र जारी

हेटौंडामा सम्पन्न भयो पत्रकार महासंघ बागमती प्रदेशको प्रादेशिक भेला, १३ बुँदे घोषणापत्र जारी

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो प्रादेशिक भेला हेटौंडामा सम्पन्न भएको छ। दुई दिनसम्म चल्ने भेला १३ बुँदे "हेटौंडा घोषणापत्र" जारी गर्दै समापन गरिएको हो। भेलाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गरेका थिए। कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, महासंघका केन्द्रीय तथा प्रदेशस्तरीय पदाधिकारी, १३ वटै जिल्लाका शाखा प्रतिनिधिहरु र विभिन्न पत्रकार संगठनका प्रमुखहरूको उपस्थिति थियो। घोषणापत्रमा तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदै पत्रकारहरूको सुरक्षा, सामाजिक सुरक्षामा समावेशीकरण, सञ्चारमाध्यमलाई उद्योगको मान्यता, सहुलियत ऋण, तथा लोककल्याणकारी सुविधाको माग गरिएको छ। साथै, सरकारी अस्पतालमा पत्रकारहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन, सञ्चारकर्मीका…
Read More
हेटौंडा फुटबल एकेडेमीलाई फलफूल सहयोग

हेटौंडा फुटबल एकेडेमीलाई फलफूल सहयोग

हेटौंडा । समाजसेवामा सक्रिय संस्था 'सेवा, सहयोग र आवाजमा हामी'ले हेटौंडा फुटबल एकेडेमीलाई फलफूल तथा खानेपानी सहयोग गरेको छ। चितवनको रत्ननगरमा जारी दोस्रो माधवपुर गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हेटौंडा फुटबल एकेडेमीलाई उक्त सहयोग प्रदान गरिएको हो। संस्थाका अध्यक्ष विशालराज महतको नेतृत्वमा बुधबार संस्थाको टोली एकेडेमीको प्रशिक्षण स्थल हेटौंडा–४, हुप्रचौर पुगेर खेलाडीहरूलाई स्याउ, केरा र पानी वितरण गरेको थियो। एकेडेमीले प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुर फुटबल क्लबलाई ४–३ को टाइब्रेकरमा हराउँदै सेमीफाइनलमा स्थान बनाएको छ। अध्यक्ष महतले एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामालाई चितवन प्रस्थान गर्नु अघि नै सामाग्री हस्तान्तरण गरिएको जानकारी दिए। मकवानपुर जिल्लाबाट बाह्य प्रतियोगितामा सहभागी हुने खेलाडीलाई हौसला…
Read More
‘प्रदेशको पहिचान झल्किने गरी बजेट ल्याउन’ कांग्रेस बागमती प्रदेशको निर्देशन

‘प्रदेशको पहिचान झल्किने गरी बजेट ल्याउन’ कांग्रेस बागमती प्रदेशको निर्देशन

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले बागमती प्रदेश सरकारले आउँदो नीति तथा कार्यक्रम तथा बजेट निर्माण गर्दा प्रदेशको पहिचान झल्किने गरी योजना ल्याउन स्पष्ट निर्देशन दिएको छ। हेटौंडामा मंगलबार बसेको कांग्रेस बागमती प्रदेश कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले बागमती प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा आवश्यकता र औचित्यमाथि आधारित भएर नीति तथा कार्यक्रम तयार गर्नुपर्नेमा जोड दिएको हो। बैठकले पछाडि पारिएका भौगोलिक क्षेत्र तथा सिमान्तकृत समुदाय, दलित, अल्पसंख्यक, अपाङ्गजस्ता वर्गलाई निशुल्क शिक्षा उपलब्ध गराउने, किसान, महिला र युवालाई रोजगारीमा जोड दिने कार्यक्रम समेटेर बजेट ल्याउन आग्रह गरेको छ। प्रदेशका मुख्यसचिव राजु नेपालका अनुसार बैठकले बागमती प्रदेश सरकारलाई समावेशी र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.