सबै समाचार

1003 Posts
हेटौंडामा ब्युटीपार्लर तालिम सुरु, २० जना सहभागी

हेटौंडामा ब्युटीपार्लर तालिम सुरु, २० जना सहभागी

हेटौंडा । हेटौंडामा एक महिने ब्युटीपार्लर तालिम बुधबारदेखि सुरु भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयको आर्थिक सहयोगमा कान्तिपुर सुदूरपश्चिम टेक्निकल कलेज, धनगढी कैलालीद्वारा आयोजित तालिम हेटौंडा–१०, टीसीएन रोडस्थित सीता भवनमा सञ्चालन गरिएको हो। तालिमको उद्घाटन श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रमुख आतिथ्यतामा गरेका थिए। कार्यक्रम कलेज सञ्चालक पार्वती पाठकको सभाध्यक्षतामा सम्पन्न भएको थियो। उक्त तालिममा २० जना सहभागी भएका छन्। प्रशिक्षक अमिशा घिसिङ तथा सहायक प्रशिक्षक तारा कार्कीले तालिम सञ्चालन गर्नेछन्। आयोजक संस्थाका अनुसार तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Read More
हेटौंडामा ६ दिने लेखा व्यवस्थापन तालिम सुरु

हेटौंडामा ६ दिने लेखा व्यवस्थापन तालिम सुरु

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा लेखा व्यवस्थापन सम्बन्धी ६ दिने तालिम हेटौंडामा सुरु भएको छ। तालिमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले गरेकी हुन्। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख लामाले सहकारीमा देखिएको वित्तीय समस्याको समाधान गर्न लेखा व्यवस्थापनमा दक्ष जनशक्ति आवश्यक रहेको बताइन्। उनले सहकारीको वास्तविक अवस्था बुझ्न सक्ने व्यक्ति नै लेखा व्यवस्थापक भएकाले उनीहरू सचेत हुनु जरूरी रहेको औंल्याइन्। सहकारी क्षेत्रमा देखिएका समस्यालाई नियमन र अनुगमनमार्फत समाधान गर्न उपमहानगरपालिका सक्रिय रहेको जानकारी दिँदै प्रमुख लामाले केही सहकारीमा देखिएका समस्यालाई समाधान गर्न उपमहानगरले गम्भीरताका साथ नियालिरहेको बताइन्। तालिम कार्यक्रम संघका सचिव…
Read More
हेटौंडामा धान पकेट क्षेत्रका किसानलाई यान्त्रिक उपकरण वितरण

हेटौंडामा धान पकेट क्षेत्रका किसानलाई यान्त्रिक उपकरण वितरण

हेटौंडा । स्थानिय रैथाने बिउको संरक्षण र धान उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले धान पकेट क्षेत्रका किसानलाई यान्त्रिक उपकरण वितरण गरेको छ। बागमती प्रदेश सरकारसँगको सहकार्यमा उपमहानगरपालिकाले हेटौंडा–१७ हटियामा अवस्थित साना किसान कृषि सहकारी संस्था मार्फत उपकरण वितरण गरेको हो। चालु आर्थिक वर्षमा १३ लाख रुपैयाँ खर्चेर कार्यक्रम सञ्चालन गरिएको उपमहानगरले जनाएको छ। बुधवार आयोजित कार्यक्रममा उपमहानगरकी नगर प्रमुख मीनकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा १५५ वटा इलेक्ट्रिक स्प्रे, १६० वटा त्रिपाल, ६ वटा हाते ट्र्याक्टर, ५ वटा कम्बाइन राइस मिल, १० वटा पानी तान्ने मोटर र २ वटा डिजिटल काटा किसानलाई अनुदानमा वितरण गरिएको हो। सामग्री वितरण…
Read More
जलवायु सचेतना : समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास विषयक प्यानल डिस्कसन सम्पन्न

जलवायु सचेतना : समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास विषयक प्यानल डिस्कसन सम्पन्न

हेटौंडा । जलवायु परिवर्तनसम्बन्धी समस्या र त्यसका समाधानमा समुदायको भूमिकाबारे सशक्त छलफल गर्ने उद्देश्यले “जलवायु सचेतना : समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास” विषयक प्यानल डिस्कसन कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले जलवायु संकटको प्रभाव न्यूनीकरणका लागि नीति निर्माण मात्र नभई समुदायस्तरबाट हुने सचेत प्रयासको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै भनिन्, “हामीले वातावरणमैत्री नीतिहरू बनाउँदै आएका छौं, तर स्थानीयस्तरको सहभागिता बिना दीगो परिणाम सम्भव छैन।” हेटौंडा उपमहानगरपालिकाका टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले आफ्नो भनाइमा टोलस्तरमा जनचेतना अभिवृद्धि, प्लाष्टिक न्यूनिकरण, हरियाली प्रवर्द्धन तथा फोहोर व्यवस्थापनमा भइरहेका प्रयासहरूबारे जानकारी…
Read More
ईन्द्रेणी मसरुमको मकवानपुरगढीमा शिलान्यास

ईन्द्रेणी मसरुमको मकवानपुरगढीमा शिलान्यास

मकवानपुर । ईन्द्रेणी मसरुम फार्म लिमिटेड काठमाडौंको मकवानपुरगढी गाउँपालिका ५, कालिवनमा सामरी युनिट शिलान्यास गरिएको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले च्याउ उत्पादन युनिटको शिलान्यास गरेका हुन् । प्रदेशमा रहेका करिब ६ लाख किसानको सुचिकरण, वर्गीकरण, अभिलेखिकरण अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले बताए । प्रदेशका ६ वटा स्मार्ट फार्म संचालन गर्न कृषि मन्त्रालयले साझेदारी गर्ने उनले बताए । काठमाडौंको चन्द्रागिरी नगरपालिका १२ बलम्बुमा वि.सं. २०७१ सालमा स्थापित कम्पनीले मकवानपुरको चित्लाङ फार्मपछि दोश्रो सामरी युनिट स्थापना गरेको हो । कम्पनीको ४४ कठ्ठा जमिनमा च्याऊसँगै च्याऊको विऊ र कम्पोष्ट मल उत्पादनसँगै तालिम पनि संचालन गरिने ईन्द्रेणी मसरुम…
Read More
तेक्वान्दोतर्फ मकवानपुरलाई ४ पदक, उसुमा मकवानपुरकी मनिषा दोस्रो, कराँतेमा सुजता उत्कृष्ट खेलाडी

तेक्वान्दोतर्फ मकवानपुरलाई ४ पदक, उसुमा मकवानपुरकी मनिषा दोस्रो, कराँतेमा सुजता उत्कृष्ट खेलाडी

हेटौंडा । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा भएको १५ औं संस्करणको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा तेक्वान्दोको खेल सम्पन्न भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजनामा सञ्चालन भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत आइतबार तेक्वान्दो तर्फको खेल सम्पन्न भएको हो । आइतबार सम्पन्न भएको खेलमा मकवानपुरले ४ वटा पदक जितेको टिम निर्णायक विमल विश्वकर्माले जानकारी दिएका छन् । मकवानपुरको प्रतिनिधित्व गरेर सहभागी भएका १२ जना खेलाडीहरु मध्य ४ जनाले मकवानपुरका लागि पदक दिलाउन सफल भएको टिम निर्णायक विकले बताएका हुन् । प्रतियोगितामा ४६ केजी भन्दा कम तौल समूहबाट जस्मिना गोलले रजत, ५२ केजी भन्दा अधिक तौल समूहबाट सुजित…
Read More
राष्ट्रपति रनिङ्ग शिल्डमा एथ्लेटिक्सतर्फ मकवानपुरलाई ८ पदक

राष्ट्रपति रनिङ्ग शिल्डमा एथ्लेटिक्सतर्फ मकवानपुरलाई ८ पदक

हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भएको १५ औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । शनिबारबाट दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा सुरु भएको १५ औं संस्करणको प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता ३ दिन सम्म सञ्चालन भएर सोमबार सम्पन्न भएको हो । दोलखास्थित भीमेश्वर नगरपालिकाको टुँडिखेल मैदानमा सोमबार सम्पन्न भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सतर्फ मकवानपुर जिल्लाको टिम द्वितीय भएको छ । एथ्लेटिक्सतर्फको सग्रम विधाको प्रकाशित नतीजा अनुसार मकवानपुरले २ वटा स्वर्ण पदक, ४ वटा रजत पदक र १ वटा काँस्यपदक गरी ७ पदक सहित मकवानपुर जिल्लाको टिम द्वितीय हुन सफल भएको एथ्लेटिक्स समितिका सदस्य तथा…
Read More
हेटौँडाका राजेन्द्र ढुङ्गाना अडानको केन्द्रिय उपाध्यक्षमा निर्वाचित

हेटौँडाका राजेन्द्र ढुङ्गाना अडानको केन्द्रिय उपाध्यक्षमा निर्वाचित

हेटौंडा । नेपाल अडिटर्स एसोसिएसन (अडान) को सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले मकवानपुरका राजेन्द्र प्रसाद ढुङ्गानालाई केन्द्रिय उपाध्यक्षमा निर्वाचित गरेको छ। लेखा परीक्षण क्षेत्रमा दशकौँदेखि सक्रिय ढुङ्गाना पेशागत रूपमा अनुभवी र योग्य व्यक्तित्वका रूपमा चिनिन्छन्। त्यस्तै, महाधिवेशनले तेज प्रसाद आचार्यलाई केन्द्रिय सदस्यमा चयन गरेको छ। उनी पनि मकवानपुरकै प्रतिनिधित्व गर्दै अडानको नयाँ कार्यसमितिमा समावेश भएका छन्। दुबैजना लामो समयदेखि रजिष्ट्रड अडिटरको रूपमा सेवा दिँदै आएका छन्। महाधिवेशनले बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा ८४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्वले आगामी तीन वर्षभित्र लेखा पेशालाई थप व्यवस्थित, मर्यादित र समसामयिक बनाउने लक्ष्य लिएको छ।
Read More
हेटौंडामा प्लास्टिक बोत्तलसँग बिरुवा साट्ने अभियान सम्पन्न

हेटौंडामा प्लास्टिक बोत्तलसँग बिरुवा साट्ने अभियान सम्पन्न

हेटौंडा । विश्व वातावरण दिवस २०८२ को सन्दर्भमा हेटौंडा उपमहानगरपालिका–९ मा “प्लास्टिकका बोत्तलसँग फलफूलको बिरुवा साट्ने अभियान” आज सफलता साथ सम्पन्न भएको छ। सप्ताहव्यापी कार्यक्रमको भागस्वरूप आयोजित उक्त अभियान टोल विकास संस्था नगर समन्वय समिति, उपमहानगरपालिका–९ को टोल विकास संस्था वडा समन्वय समिति र पशुपति हेल्थ क्लबको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथि लामाले वातावरण संरक्षणका लागि यस्ता रचनात्मक कार्यक्रमहरूलाई अत्यन्त प्रभावकारी बताउँदै अन्य वडाहरूमा समेत विस्तार गर्न नगरपालिकाको तर्फबाट आवश्यक समन्वय गरिने…
Read More
कान्ति राजमार्ग ४ दिनसम्म बन्द हुने

कान्ति राजमार्ग ४ दिनसम्म बन्द हुने

मकवानपुर । कान्ति राजमार्गको सडक खण्डमा आगामी ४ दिनसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। कान्ती राजमार्ग सडक आयाेजना अन्तर्गत पर्ने बगुवा, बागमती खोलामा निर्माणाधिन रहेकाे बेलीब्रिज जडान कार्यका कारण सवारीसाधन चल्न निषेध गरिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले साेमबार सूचना प्रकाशित गर्दै २०८२ साल जेठ २१ गतेदेखि २४ गतेसम्म राजमार्ग बन्द गरिने जानकारी दिएको छ। सो अवधिमा हेटौंडा–काठमाडौँ वा काठमाडौँ–हेटौंडा यात्रा गर्ने सवारीसाधनहरूले वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरिएको छ। यात्रुहरूलाई कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेलद्वारा हस्ताक्षरित सूचनामा वैकल्पिक मार्ग प्रयोग गर्दा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.