हेटौंडा । हेटौंडामा एक महिने ब्युटीपार्लर तालिम बुधबारदेखि सुरु भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयको आर्थिक सहयोगमा कान्तिपुर सुदूरपश्चिम टेक्निकल कलेज, धनगढी कैलालीद्वारा आयोजित तालिम हेटौंडा–१०, टीसीएन रोडस्थित सीता भवनमा सञ्चालन गरिएको हो।
तालिमको उद्घाटन श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रमुख आतिथ्यतामा गरेका थिए। कार्यक्रम कलेज सञ्चालक पार्वती पाठकको सभाध्यक्षतामा सम्पन्न भएको थियो।
उक्त तालिममा २० जना सहभागी भएका छन्। प्रशिक्षक अमिशा घिसिङ तथा सहायक प्रशिक्षक तारा कार्कीले तालिम सञ्चालन गर्नेछन्। आयोजक संस्थाका अनुसार तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस्