सबै समाचार

1003 Posts
हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

हेटौँडा । हेटौंडा उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना क्षेत्रको रूपमा घोषणा गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका प्रमुख ललितबहादुर घलानले बुधबार उपमहानगरलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना क्षेत्रको रूपमा घोषणा गरेका हुन्। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानिया, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर नरेन्द्र कुमार झा, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रमुख डाक्टर कृष्ण मिजार, हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने तथा सबै १९ वडाका अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम लगायत स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। पूर्ण खोप सुनिश्चितता घोषणासँगै हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्यका दृष्टिले…
Read More
सञ्चार क्षेत्रको उपेक्षा भएको भन्दै बागमती प्रदेशको बजेटप्रति पत्रकार संगठनहरुको आपत्ति

सञ्चार क्षेत्रको उपेक्षा भएको भन्दै बागमती प्रदेशको बजेटप्रति पत्रकार संगठनहरुको आपत्ति

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमा सञ्चार क्षेत्रलाई पूर्ण रूपमा उपेक्षा गरिएको भन्दै पत्रकार महासंघ बागमती प्रदेशसहित सञ्चारसँग सम्बन्धित १२ वटा संगठनहरुले गम्भीर असन्तुष्टि जनाएका छन्। सञ्चारमैत्री बजेटको माग गर्दै पटक–पटक पहल गर्दा समेत बेवास्ता गरिएको भन्दै उनीहरुले बुधबार मुख्यमन्त्री बहादुर सिंह लामा, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका हुन्। पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको नेतृत्वमा पुगेको टोलीले बजेटमा सञ्चार क्षेत्रलाई हेर्ने दृष्टिकोण विभेदकारी र गैरजिम्मेवार रहेको आरोप लगाएको छ। ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार, सरकारले सञ्चारमाध्यमलाई दिँदै आएको…
Read More
न्यु डायमन्डले जित्यो नेकोस कप राष्ट्रिय महिला भलिबलको उपाधि

न्यु डायमन्डले जित्यो नेकोस कप राष्ट्रिय महिला भलिबलको उपाधि

हेटौंडा । नेपाल स्पोर्ट क्लबको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा असार ७ गतेदेखि सुरु भएको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड क्लबले जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा न्यु डायमन्डले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि कब्जा गरेको हो। न्यु डायमन्डले एपीएफलाई २५–१२, २५–२३ र २५–१८ को सेटमा पराजित गर्दै प्रभावशाली जित हात पारेको हो। उपाधिसँगै न्यु डायमन्ड क्लबले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एपीएफले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ। नेपाल पुलिस क्लब तेस्रो स्थानमा रहँदै १ लाख रुपैयाँ प्राप्त गर्न सफल भयो भने गण्डकी प्रदेशले चौथो…
Read More
भीमफेदी गाउँपालिकाले ९० करोड ६ लाखको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो

भीमफेदी गाउँपालिकाले ९० करोड ६ लाखको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ९० करोड ६ लाखको बजेट ल्याएको छ। पालिकाको बार्हौँ गाउँसभामा अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष संजीव श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। पछिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको बजेट केही वृद्धि भएको छ। गत वर्ष गाउँपालिकाले ८५ करोड ४५ लाख ८७ हजार ९ सय ९८ रुपैयाँ २० पैसाको बजेट ल्याएको थियो। पर्यटन प्रवद्र्धन र ऐतिहासिक शहरको पुनर्जागरणमा जोड अध्यक्ष लामाका अनुसार यो नीति तथा कार्यक्रमले समग्र गाउँपालिकाको समृद्धि र विकासमा टेवा पुग्नेछ। ऐतिहासिक भीमफेदी शहरलाई पुनर्जीवित गरी सांस्कृतिक शहरको रूपमा विकास…
Read More
कैलाश गाउँपालिकाले आगामी वर्षका लागि ५३ करोड ८६ लाखको बजेट सार्वजनिक

कैलाश गाउँपालिकाले आगामी वर्षका लागि ५३ करोड ८६ लाखको बजेट सार्वजनिक

हेटौंडा | मकवानपुर जिल्लाको सबैभन्दा विकट मानिने कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड ८६ लाख २० हजार १ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ। मंगलबार सम्पन्न १६औं गाउँसभाबाट प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ३२ करोड ८२ लाख ३ हजार १ सय रुपैयाँ (६०.९ प्रतिशत) र पूँजीगत खर्चतर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ (३९.१ प्रतिशत) विनियोजन गरिएको हो। गत आर्थिक वर्षको तुलनामा ५ करोड रुपैयाँले बजेट वृद्धि भएको गाउँपालिकाले जनाएको छ। चालु आर्थिक वर्षमा ४८ करोड ७८ लाख रुपैयाँको बजेट थियो। मुख्य बजेट विनियोजन विवरण: आर्थिक विकास: २ करोड ७७ लाख ६४ हजार सामाजिक विकास (चालु…
Read More
राक्सिराङ गाउँपालिकाको ६३ करोडको बजेट सार्वजनिक, गाँजा खेतीबारे बहस गर्ने घोषणा

राक्सिराङ गाउँपालिकाको ६३ करोडको बजेट सार्वजनिक, गाँजा खेतीबारे बहस गर्ने घोषणा

हेटौंडा। राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न गाउँसभा बैठकमार्फत यो बजेट प्रस्तुत गरिएको हो। अघिल्लो वर्षको तुलनामा यो बजेट ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो। गाउँपालिकाको उपाध्यक्ष बनस्तम थिङले प्रस्तुत गरेको बजेटमा ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ चालु खर्चका लागि र १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ। अनुदान र स्रोत व्यवस्थापन बजेट कार्यान्वयनका लागि आवश्यक रकम संघीय सरकारबाट ४३ करोड ८९ लाख ७८ हजार, प्रदेश सरकारबाट १० करोड ५८ लाख २२…
Read More
हेटौंडा उपमहानगरको २ अर्ब ९० करोडको बजेट सार्वजनिक, सामाजिक विकास र पूर्वाधारमा जोड

हेटौंडा उपमहानगरको २ अर्ब ९० करोडको बजेट सार्वजनिक, सामाजिक विकास र पूर्वाधारमा जोड

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार बसेको नगरसभा बैठकमा उपप्रमुख राजेश बानियाँले बजेट प्रस्तुत गर्नुभएको हो। गत वर्षको तुलनामा १९ प्रतिशतले वृद्धि गरिएको बजेटमा आन्तरिक आय, राजस्व बाँडफाँड, संघीय–प्रदेश सरकारको अनुदान, र नगर विकास कोषको ऋणलाई स्रोतको रुपमा उल्लेख गरिएको छ। उपमहानगरले आन्तरिक आयबाट ६२ करोड ७६ लाख, राजस्व बाँडफाँडबाट ९२ करोड ७० लाख, संघीय सरकारबाट १ अर्ब १९ करोड ५० लाख, प्रदेश सरकारबाट ११ करोड ४५ लाख र नगर विकास कोषको ऋणबाट ३ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। बजेटमा…
Read More
हेटौंडामा व्यवसायी र बैंकबीच खुला संवाद, समझदारी र संवेदनशीलता देखाउन आग्रह

हेटौंडामा व्यवसायी र बैंकबीच खुला संवाद, समझदारी र संवेदनशीलता देखाउन आग्रह

हेटौंडा । "हाम्रा व्यवसायीहरू भाग्ने होइनन्, केही लचकता देखिनुपर्छ," मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो भावुक अभिव्यक्ति दिनुभयो। मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको उक्त अन्तरक्रियामा हेटौंडा उपमहानगरपालिकाका व्यवसायीहरू र विभिन्न बैंकका शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा बैंकिङ प्रणालीमा देखिएका जटिलता, व्यवहार, तथा समाधानका उपायबारे प्रत्यक्ष संवाद भयो। अध्यक्ष रानाभाटले हालको मन्दीपछिको व्यापारिक कठिनाइ उल्लेख गर्दै बैंकहरूप्रति लचिलो र समझदारीपूर्ण दृष्टिकोण अपनाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “दुई–चार किस्ता ढिलो हुनु ठूलो कुरा होइन। बैंकहरूले सामाजिक संवेदनशीलता देखाउनुपर्छ।” उहाँले एक उदाहरण दिँदै थपे, “छोराले लिएको ऋणको कारण देखाएर घरमा पुगेर आमाबुबालाई मानसिक दवाब दिने…
Read More
भिमफेदी गाउँपालिकालाई माओवादी केन्द्रको ध्यानाकर्षण, बजेट प्रक्रियामा पारदर्शिता माग

भिमफेदी गाउँपालिकालाई माओवादी केन्द्रको ध्यानाकर्षण, बजेट प्रक्रियामा पारदर्शिता माग

भिमफेदी । नेकपा (माओवादी केन्द्र) भिमफेदी गाउँपालिका समितिले गाउँपालिकाको बजेट नीति तथा कार्यक्रम जनताको आवश्यकताअनुसार समावेश गर्न माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र पार्टीका गाउँपालिका अध्यक्ष बद्री स्याङ्तानले भिमफेदी गाउँपालिकालाई बुझाएका हुन्। उक्त ज्ञापनमा स्थानीय जनताको समस्या समाधानतर्फ ध्यान दिन र नीति तथा कार्यक्रम जनमुखी बनाउन आग्रह गरिएको छ। गाउँ परिषद् नजिकिँदै जाँदा नीति तथा कार्यक्रम निर्माणका क्रममा निर्वाचित जनप्रतिनिधि र पालिका कर्मचारीबीच मात्र बन्द कोठामा छलफल गरी ताली बजाएर पास गर्ने प्रथा स्वीकार्य नहुने स्पष्ट गरिएको छ। माओवादी केन्द्रले यस प्रक्रियालाई लोकतान्त्रिक अभ्यासविपरीत भन्दै आपत्ति जनाएको छ। ज्ञापनमार्फत गाउँ कार्यपालिकाको आन्तरिक छलफलमार्फत मात्र योजना निर्माण गर्नुको सट्टा, जनप्रतिनिधि,…
Read More
हेटौंडा–१५ मा ब्याडमिन्टन कभर्ड हल उद्घाटन, खेल प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

हेटौंडा–१५ मा ब्याडमिन्टन कभर्ड हल उद्घाटन, खेल प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को लगानीमा हेटौंडा–१५ को भोर्लेमा निर्माण सम्पन्न भएको ब्याडमिन्टन कभर्ड हलको उद्घाटन गरिएको छ। स्थानीय तहमै खेल प्रवर्द्धन र शारीरिक स्वास्थ्यलाई सशक्त बनाउने उद्देश्यले निर्माण गरिएको सो पूर्वाधारको उद्घाटन वडाध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मोक्तानले खेलकुदलाई वडा कार्यालयले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै, आगामी दिनमा हेटौंडा–१५ का अन्य स्थानहरूमा पनि यस्ता खेलमैत्री पूर्वाधार विस्तार गरिने जानकारी दिए। “स्वास्थ्य र अनुशासनको जग खेलकुद नै हो,” उनले भने, “स्थानीय युवाहरूलाई खेलतर्फ आकर्षित गर्न यस्ता संरचनाले उत्प्रेरणा दिनेछ।” कार्यक्रममा स्थानीय खेलाडी, युवाहरू र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.