सबै समाचार

1003 Posts
मिजार समाज मकवानपुरको जिल्ला अधिवेशनको तयारी सुरु

मिजार समाज मकवानपुरको जिल्ला अधिवेशनको तयारी सुरु

हेटौंडा । “देशभरिका मिजारहरू एक हौं, प्रगति र सृजनाका लागि दृढ हौं” भन्ने मूल नारासहित मिजार समाज नेपाल मकवानपुरले जिल्ला अधिवेशनको औपचारिक तयारी थालेको छ। अधिवेशन तयारीसम्बन्धी पत्रकार सम्मेलन हेटौंडा–१, राप्तीरोडस्थित सृजना कला केन्द्रमा सम्पन्न भएको हो। अधिवेशन तयारी समिति संयोजक बलराम मंग्रातीले पत्रकारहरूलाई जानकारी दिँदै मिजार जाति नेपालमा दलित समुदायअन्तर्गत पर्ने जाति भएको बताउँदै पछिल्लो जनगणना अनुसार देशभर ४ लाख ५२ हजार २२९ मिजार समुदाय रहेको तथ्य प्रस्तुत गरे। यो संख्या नेपाल कुल जनसंख्याको करिब १.५ प्रतिशत हो। उनका अनुसार मकवानपुरमा मिजार समाजलाई संगठित गर्नुको उद्देश्य जातीय एकता सुदृढ गर्ने, संस्कार–संस्कृतिको संरक्षण, तथा रीतिरिवाज र बंशावली जस्ता मौलिक पक्षको…
Read More
हेटौंडामा दुई दिने ‘सीप महोत्सव २०८२’ हुने

हेटौंडामा दुई दिने ‘सीप महोत्सव २०८२’ हुने

हेटौंडा । सीप विकास, दक्षता अभिवृद्धि र स्वदेशमै रोजगारीको सम्भावनालाई उजागर गर्ने उद्देश्यसहित हेटौंडामा दुई दिने ‘सीप महोत्सव २०८२’ आयोजना हुने भएको छ। बागमती प्रदेश उद्योग परिषद् र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा असार १२ र १३ गते महोत्सव सम्पन्न हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। महोत्सवबारे जानकारी दिँदै बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलले दक्ष जनशक्ति उत्पादन, उत्पादन भएका जनशक्तिलाई रोजगारको अवसरसँग जोड्न र स्वदेशमै रोजगारी सम्भव छ भन्ने सन्देश दिन महोत्सवको आयोजना गरिएको बताए। महोत्सवले सीप, दक्षता र अनुभवको आदानप्रदान गर्दै प्राविधिक शिक्षा र उद्योग क्षेत्रबीचको सहकार्यलाई मजबुत पार्ने विश्वास पोखरेलले व्यक्त गरे। सीप महोत्सवमा…
Read More
हेटौंडामा नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु

हेटौंडामा नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा सुरु भएको ‘नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८२’ को भव्य उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले प्रमुख आतिथ्यमा गर्नुभयो। नेपाल स्पोर्ट सेन्टर (नेकोस) को आयोजनामा भएको यो प्रतियोगितामा विभागीय र प्रदेशस्तरका गरी ७ वटा महिला टोलीहरूको सहभागिता रहेको छ। खेलकुदमार्फत महिला सशक्तिकरण तथा राष्ट्रिय स्तरका खेल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता आजबाट सुरु भएको हो। प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल एपीएफ क्लब पराजित भएको छ। काठमाडौंस्थित टिप टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब ले एपीएफलाई २७–२५, २५–१५, २५–२२ को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको…
Read More
हेटौंडामा ‘नेकोस कप’ महिला भलिबल प्रतियोगिता सुरु, स्केटबोर्ड भाेलिदेखि

हेटौंडामा ‘नेकोस कप’ महिला भलिबल प्रतियोगिता सुरु, स्केटबोर्ड भाेलिदेखि

हेटौंडा । हेटौंडामा आजदेखि सुरु भएको नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटबोर्ड प्रतियोगिताले राष्ट्रिय स्तरका खेलाडीहरूको प्रतिस्पर्धालाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ। नेपाल स्पोर्ट सेन्टर (नेकोस)को आयोजनामा प्रतियोगिताहरू असार ७ देखि ११ गतेसम्म सञ्चालन हुने छन्। महिला भलिबल प्रतियोगिता शनिबार दिउँसो ३ बजे हुप्रचौरस्थित भलिबल ट्रेनिङ सेन्टरमा उद्घाटन भएको हो भने स्केटबोर्ड प्रतियोगिता असार ८ गते आइतबार बिहान ७ बजेबाट हेटौंडा–५ स्थित पुष्पलाल रोडको स्केटिङ पार्कमा सुरु हुने नेकोसका सदस्य सफल अधिकारीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। महिला भलिबल प्रतियोगितामा देशभरबाट छ वटा टिमको सहभागिता रहने छ । जसमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमण्ड युथ स्पोट्र्स क्लब,…
Read More
हेटौंडा–१९ मा मोही घरलाई हेटाैँडा उपमहानगरपालिकाको सहयोग

हेटौंडा–१९ मा मोही घरलाई हेटाैँडा उपमहानगरपालिकाको सहयोग

हेटौंडा । नेपालमै रहेर आफ्नै व्यवसाय सञ्चालन गर्न चाहने नव उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले मोही उत्पादन व्यवसायीलाई सहयोग पुर्‍याएको छ। हेटौंडा–१९ मा सञ्चालनमा रहेको मोही घरलाई आवश्यक पर्ने दारको ठेकी, क्यान, मोटर र मदानी सहितका सामग्रीहरू हस्तान्तरण गरिएको हो। सहयोग सामग्री हस्तान्तरण कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे । नगर प्रमुख लामाले यस्ता लघु तथा घरेलु उद्योगहरूलाई प्रवर्द्धन गरेर स्थानीय उत्पादन र स्वरोजगारलाई टेवा पुर्‍याउने रणनीति अनुसार नगरपालिका अघि बढिरहेको बताइन्। कार्यक्रमले नव उद्यमीलाई आत्मनिर्भर बन्न प्रोत्साहन गर्ने विश्वास समेत व्यक्त गरिएको छ।
Read More
अपाङ्ग कृषकहरूलाई हेटौंडामा बाख्रा, माहुरी घार र बंगुर वितरण

अपाङ्ग कृषकहरूलाई हेटौंडामा बाख्रा, माहुरी घार र बंगुर वितरण

हेटौंडा । अपाङ्गता भएका कृषकहरूको जीवनस्तर उकास्न हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कृषि व्यवसाय प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम अन्तर्गत आज २६ परिवारलाई बाख्रा, ५ परिवारलाई माहुरी घार तथा २ परिवारलाई बंगुर वितरण गरिएको छ। कार्यक्रम अपाङ्ग सरोकार केन्द्र, हेटौंडा मकवानपुरको आयोजनामा सम्पन्न भएको हो। वितरण कार्यक्रमका प्रमुख अतिथि उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा रहनु भएको थियो। नगर प्रमुख लामाले अपाङ्गता भएका नागरिकहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले उनीहरूको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा सहभागी लाभग्राहीहरूलाई उत्पादनमुखी बनाउँदै आत्मनिर्भर जीवनशैली अपनाउन प्रेरणा दिने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
Read More
हेटौंडामा ७७० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

हेटौंडामा ७७० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

हेटौंडा । लागुऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले २०८२ असार ४ गते साँझ ६ बजे विशेष सूचनाका आधारमा हेटौंडा उपमहानगरपालिका–४, फरेष्टी गेट अगाडिको क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा हेटौंडा–४ कमलडाँडा बस्ने ४२ वर्षीय अनुप कुमार रुम्बा र सोही स्थानका ३३ वर्षीय मणी लामा रहेका छन्। शंकास्पद रूपमा बसेको अवस्थामा भेटिएका उनीहरूको खानतलासी गर्दा ०.७७० ग्राम (७७० मिलिग्राम) खैरो हेरोइन जस्तो देखिने लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। बरामद लागूऔषधसहित दुवैजनालाई नियन्त्रणमा लिई लागूऔषध (खैरो हेरोइन) सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी…
Read More
वडा अध्यक्ष न्यौपानेमाथि भएको आक्रमणप्रति नेकपा (एकीकृत समाजवादी)को कडा विरोध

वडा अध्यक्ष न्यौपानेमाथि भएको आक्रमणप्रति नेकपा (एकीकृत समाजवादी)को कडा विरोध

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि भएको दुर्व्यवहारप्रति नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), मकवानपुरले गम्भीर आपत्ति जनाएको छ। २०८२ साल असार ४ गते दिउँसो ३:४० बजेको समयमा केही उच्छृङ्खल व्यक्तिहरूको समूहले अध्यक्ष न्यौपानेमाथि हातपात गर्नुका साथै कालो मसो दलिएको घटनाले लोकतान्त्रिक मूल्य–मान्यतालाई नै चुनौती दिएको भन्दै नेकपा (एकीकृत समाजवादी) मकवानपुर जिल्ला कमिटीले कडा शब्दमा निन्दा गरेको छ। जिल्ला अध्यक्ष विष्णु प्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा घटनाप्रति गहिरो खेद व्यक्त गर्दै यसमा संलग्न दोषीहरूको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “उक्त घटनाले जनप्रतिनिधिको सम्मानमा आघात पुगेको छ र यस्तो कार्य…
Read More
हेटौंडा-१ वडा अध्यक्षमाथि आक्रमण : सात दलहरूको संयुक्त विरोध

हेटौंडा-१ वडा अध्यक्षमाथि आक्रमण : सात दलहरूको संयुक्त विरोध

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा कार्यपालिका प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै अज्ञात व्यक्तिहरूले गरेको सांघातिक आक्रमणप्रति मकवानपुर जिल्लामा क्रियाशील प्रमुख सात राजनीतिक दलहरूले संयुक्त रूपमा विरोध जनाएका छन्। गत २०८२ असार ४ गते भएको उक्त घटनाले लोकतान्त्रिक अभ्यासमाथि गम्भीर चुनौती दिएको भन्दै प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले घटनाको कडा शब्दमा भर्त्सना गरेका छन्। विज्ञप्तिमा समस्या समाधानको लोकतान्त्रिक उपाय संवाद र समझदारी भएको स्पष्ट पार्दै, शारीरिक आक्रमणजस्तो अमानवीय र अराजक कार्यलाई कुनै हालतमा स्वीकार गर्न नसकिने उल्लेख गरिएको छ। दलहरूले दोषी पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय…
Read More
हेटौँडाका प्रवक्ता सविन न्यौपानेमाथि साङ्घातिक हमला गर्नेलाई कडा कारवाहीको माग

हेटौँडाका प्रवक्ता सविन न्यौपानेमाथि साङ्घातिक हमला गर्नेलाई कडा कारवाहीको माग

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष तथा उपमहानगर प्रवक्ता सविन न्यौपानेमाथि सोमबार दिउँसो कार्यकक्षमै कालो मोबिल छ्यापेर साङ्घातिक आक्रमण भएको छ। भूमि सम्बन्धी विवादको कारण देखाउँदै वडा कार्यालय प्रवेश गरेका कालो पोशाकमा मोटरसाइकलमा आएका चार जनाको समूहले आक्रमण गरेको हो। कार्यकक्षमै अध्यक्ष न्यौपानेलाई कार्यालयमा रहेको सामग्री प्रयोग गरेर टाउकोमा प्रहार गर्नुका साथै कालो मोबिल छ्यापिएको थियो। आक्रमणमा उनको टाउकोमा चोट लागेको छ भने उनी प्रयोग गर्दै आएका दुईवटा मोबाइलसमेत लुटिएको छ। अध्यक्ष न्यौपानेका अनुसार केही समयदेखि हेटौंडा–१ स्थित स्वर्गलोक क्षेत्रमा सार्वजनिक जग्गामा अवैध रूपमा घरटहरा निर्माण गर्न खोज्ने प्रयास भइरहेको थियो। त्यसलाई हटाउने क्रममा वडा र उपमहानगरले संयुक्त…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.