भिमफेदी गाउँपालिकालाई माओवादी केन्द्रको ध्यानाकर्षण, बजेट प्रक्रियामा पारदर्शिता माग

भिमफेदी । नेकपा (माओवादी केन्द्र) भिमफेदी गाउँपालिका समितिले गाउँपालिकाको बजेट नीति तथा कार्यक्रम जनताको आवश्यकताअनुसार समावेश गर्न माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्र पार्टीका गाउँपालिका अध्यक्ष बद्री स्याङ्तानले भिमफेदी गाउँपालिकालाई बुझाएका हुन्। उक्त ज्ञापनमा स्थानीय जनताको समस्या समाधानतर्फ ध्यान दिन र नीति तथा कार्यक्रम जनमुखी बनाउन आग्रह गरिएको छ।

गाउँ परिषद् नजिकिँदै जाँदा नीति तथा कार्यक्रम निर्माणका क्रममा निर्वाचित जनप्रतिनिधि र पालिका कर्मचारीबीच मात्र बन्द कोठामा छलफल गरी ताली बजाएर पास गर्ने प्रथा स्वीकार्य नहुने स्पष्ट गरिएको छ। माओवादी केन्द्रले यस प्रक्रियालाई लोकतान्त्रिक अभ्यासविपरीत भन्दै आपत्ति जनाएको छ।

ज्ञापनमार्फत गाउँ कार्यपालिकाको आन्तरिक छलफलमार्फत मात्र योजना निर्माण गर्नुको सट्टा, जनप्रतिनिधि, दलहरू, नागरिक समाज, सरोकारवालाको सहभागिता सुनिश्चित गरिनुपर्ने माग गरिएको छ।

स्मरण गराउँदै पार्टी प्रतिनिधिले अघिल्ला वर्षहरूमा गाउँ परिषद्मा सक्रिय राजनीतिक दलहरूलाई आतिथ्य नगरिएको प्रवृत्तिप्रति पनि गुनासो व्यक्त गरेका छन्।

माओवादी केन्द्रले बजेट निर्माण प्रक्रिया पारदर्शी, समावेशी र जनमुखी बनाइनुपर्ने माग गर्दै गाउँपालिकालाई सचेत गराएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.