हेटौंडा / त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जुना दाहाल सर्वसम्मत चयन भएकी छन्।
हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडास्थित विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदमा दाहाल चयन भएकी हुन्। गोविन्दप्रसाद न्यौपानेको सभाध्यक्षतामा बसेको समिति बैठकले महिला मनोनित सदस्यमा परेकी दाहाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो।
यसैगरी सदस्यहरूमा हेटौंडा–११ नम्बर वडाको तर्फबाट वडा सदस्य संजय बिडारी दोहोरिएका छन् भने पुरुष मनोनित सदस्य जनकप्रसाद लामिछाने पनि दोहोरिएका छन्।
त्यस्तै, सर्वसम्मत चयन हुने सदस्यहरूमा अभिभावकको तर्फबाट गोविन्दप्रसाद न्यौपाने, बिनु नेपाली, बद्री लम्साल र जमुना राई चयन भएका छन्। सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौला चयन भएका हुन्।
विद्यालयतर्फका अन्य सदस्य बाहेक कार्यसमिति पूर्ण भएको विद्यालयले जनाएको छ।
नवनियुक्त कार्यसमितिलाई बधाई दिँदै विद्यालयका सहायक प्रधानाध्यापक बैकुण्ठ नेपाल र शर्मिला ढकालले टीका तथा खादा लगाइदिएका थिए।
विद्यालयका प्रधानाध्यापक बर्तौलाले विद्यालय विकासमा समिति, विद्यार्थी, अभिभावक, शिक्षक-शिक्षिका र कर्मचारी सबैको समान जिम्मेवारी रहने भएकाले सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए।
यसैगरी, वडाध्यक्षसमेत रहेकी नवनिर्वाचित व्यवस्थापन समिति अध्यक्ष दाहालले आफ्नो तर्फबाट सक्दो प्रयास गर्दै विद्यालयको चौतर्फी विकासमा टेवा पुर्याउने बताइन्।































