२०८२ चैत्र १०, मंगलवार ११:०७ गते
२०८२ चैत्र १०, मंगलवार ११:०७ गते
मकवानपुर — मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक अभावमा रहेका शोकग्रस्त परिवारलाई लक्षित गर्दै काजकिरिया खर्च सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ। यसअन्तर्गत गाउँपालिकाले १२ विपन्न परिवारलाई राहतस्वरूप नगद सहयोग प्रदान गरेको छ। गाउँपालिका अध्यक्ष रन्जन कालाखेती स्वयं प्रभावित परिवारको घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्। मनहरी गाउँपालिका–६ र ९ का परिवारहरूलाई प्रति परिवार २० हजार रुपैयाँका दरले नगद सहयोगसहित श्रद्धाञ्जलीपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। स्थानीय तहले सञ्चालन गरिरहेको उक्त कार्यक्रम अन्तर्गत आर्थिक रूपमा कमजोर परिवारलाई अन्त्येष्टि सम्बन्धी खर्च व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ। गाउँपालिकाले यसका लागि वार्षिक रूपमा छुट्टै बजेट विनियोजन गर्दै आएको बताइएको छ।