हेटौंडा/ हेटौंडामा सम्पन्न लेखापढी व्यवसायीहरूको २०८२ सालको परीक्षाको नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार ४३७ जना परीक्षार्थीमध्ये ३१४ जना उत्तीर्ण भएका छन्।
उत्तीर्ण हुनेहरूमध्ये मकवानपुर जिल्लाका २४४ जना रहेका छन्। नतिजा प्रकाशनले सो तथ्यलाई पुष्टि गरेको छ।
उक्त परीक्षामा दोलखा, सिन्धुली, काठमाडौं, भक्तपुर, चितवन, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, ओखलढुंगा, प्युठान, तनहुँ, बारा, पर्सा, रौतहट, झापा, सप्तरी, बर्दिया लगायत विभिन्न जिल्लाका परीक्षार्थीहरू पनि उत्तीर्ण भएका छन्।
प्रतिकृया दिनुहोस्



































































