जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध सुरु भएको जेनजी प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७ पुगेको छ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा थप एक जनाको मृत्यु भएपछि संख्या ७ पुगेको हो। यसअघि ट्रमा सेन्टरमा चार, सिभिल अस्पतालमा एक र केएमसी अस्पतालमा एक जनाको मृत्यु भइसकेको थियो।

स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका युवाहरू संसद भवनतर्फको प्रहरी घेरा तोड्दै भित्रै प्रवेश गरेका थिए। प्रदर्शनकारीहरूले संसद भवनको सुरक्षामा खटिएको प्रहरी पोष्ट कब्जा गरेका थिए। त्यसपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउनुका साथै अश्रुग्याँसका दर्जनौँ सेल र पानीको फोहोरा प्रयोग गरेको थियो।

मृतक सबैलाई गोली प्रहारको गम्भीर चोट लागेको अवस्था में अस्पताल पुर्‍याइएको थियो।

स्थिती नियन्त्रणबाहिर जाँदै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। सेनाको टोली समेत सडकमा परिचालन गरिएको भए पनि प्रदर्शनकारी रोकिएका छैनन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.