हेटौंडा । हेटौंडा ११ नवलपुरको श्री त्रिभुवन माविका विद्यार्थीहरुले पोषणतत्व तथा कुपोषण हुनुका कारण र बालबिवाहबारे एग्जिबिशन गरेका छन् । विद्यार्थीहरुमा पोषण, स्वास्थ्य, वातावरण र सरसफाइबारे कत्तिको ज्ञान् छ त्योबारे जान्न पोषण सप्ताह कार्यक्रम गरिएको हो ।
जेठ ४ देखि जेठ ९ गतेसम्म चल्ने सप्ताहब्यापी कार्यक्रमले विद्यार्थीमा स्वास्थ्य, पोषणको आवश्यकता, आफ्नो र वरिपरिको वातावरण सरसफाइबाट हुने लाभ र बालबिवाहबाट स्वास्थ्यमा, सामाजिक रुपमा पुर्याउने असरबारे व्यावहारिक रुपमा चेतना जगाउन मदत पुग्ने कार्यक्रम संयोजक तथा विद्यालय नर्स बिकिसा बानियाँले जानकारी दिइन् ।
विद्यार्थीलाइ ब्यवहारिक ज्ञानबाट पढाउन सजिलो हुने विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौलाले बताए । सप्ताहब्यापी कार्यक्रमले विद्यार्थीलाई प्रत्यक्ष रुपमा सहभागी गराउँछ । कार्यक्रममा न्युट्रीसन एग्जिविसन, वातावरण सरसफाइ, कक्षा १ देखि १२ सम्मका विद्यार्थीलार्इ जुकाको औषधि वितरण , हेल्थ एग्जिविसनमा तौल र उचाई नाप्ने, नृत्यकलाद्वारा हात धुन सिकाउने र अन्तिममा समिक्षा र समापन कार्यक्रम रहेको कार्यक्रम संयोजक बानियाँले जानकारी दिइन् ।
‘किताबबाट सैद्धान्तिक ज्ञान् सिक्छन् भने एग्जिविसनले ब्यवहारिक ज्ञान् दिन्छ । दुवैलाई सङ्सगै लान सके सिकाइ प्रभावकारी बन्ने र त्यो कुरा घरको अभिभावक र वरपरका समाजमा पनि विद्यार्थीले पुर्याउछन्’ शिक्षकशिक्षिकाहरुले भने ।
न्युट्रेसन् एग्जिविसनमा कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यालयका प्रअ बर्तौला लगायत शिक्षक, शिक्षिका, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।