Day: २०८२ जेष्ठ ५, सोमबार १६:२६ गते

अखिल नेपाल महिला संघ समाजवादी केन्द्रमा मकवानपुरकी पार्टी इन्चार्ज सिग्देल चयन

अखिल नेपाल महिला संघ समाजवादी केन्द्रमा मकवानपुरकी पार्टी इन्चार्ज सिग्देल चयन

मकवानपुर । अखिल नेपाल महिला संघ समाजवादीको काठमाडौमा भएको सातौ महाधिवेशनले पार्टीकी पोलिट्ब्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देललाई केन्द्रिय अध्यक्ष पदमा चयन गरेको छ । मकवानपुर जिल्लाको कुशल नेत्री सिग्देल लामो समयदेखि राजनितीमा सकृय रही आएकी हुन् । तत्कालीन पार्टी नेकपा एमालेमा रहँदापनि पार्टीको जिल्ला अध्यक्ष रहिसकेकी हुन् सिग्देल । हाल नेकपा एकीकृत समाजवादीमा पार्टीको पोलिट्ब्युरो सदस्य, मकवानपुर जिल्ला इन्चार्ज को जिम्मेवारी सम्हाल्दै आएकि पार्टीको आसा लाग्दो नेत्रीको रुपमा चिनिने सिग्देल नेकपा एकीकृत समाजवादीबाट बागमती प्रदेशसभा सदस्य समेत रहिसकेकि छिन् ।
Read More
हेटौंडामा तेस्रो डिजिटल ढकतराजु डिलरको उद्घाटन

हेटौंडामा तेस्रो डिजिटल ढकतराजु डिलरको उद्घाटन

हेटौंडा । हेटौंडामा तेस्रो डिजिटल ढकतराजु डिलरको उद्धघाटन भएको छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडास्थित टिसिएन रोडमा रहेको मकवानपुर ढकतराजु एण्ड सप्लायर्सको उद्घाटन हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाका वडाध्यक्ष फुर्वादोर्जे तामाङले गरेका हुन् । हेटौंडामा मकवानपुर ढकतराजु एण्ड सप्लायर्सले होण्डा इन्डियन कम्पनीका डिजिटल डिलर संचालनमा ल्याएको सप्लायर्सका संचालक सुजित शर्माले जानकारी दिए । 'होण्डा कम्पनी ब्रान्ड हो र यसका उत्पादनहरु बलियो र टिकाउ हुनेहुनाले आफुले यही कम्पनीको डिलर रोजेको हु' , शर्माले भने । 'अहिले एनालग ढकतराजु त्यति बिक्दैन समय अनुसारको काम गरेन भने पछी परिन्छ' शर्माको भनाइ छ । सप्लायर्सले बिक्री र मर्मत दुवै गर्छ , साथै टिभी…
Read More
त्रिभुवन माविका विद्यार्थीलाई पोषणबारे सचेतना

त्रिभुवन माविका विद्यार्थीलाई पोषणबारे सचेतना

हेटौंडा । हेटौंडा ११ नवलपुरको श्री त्रिभुवन माविका विद्यार्थीहरुले पोषणतत्व तथा कुपोषण हुनुका कारण र बालबिवाहबारे एग्जिबिशन गरेका छन् । विद्यार्थीहरुमा पोषण, स्वास्थ्य, वातावरण र सरसफाइबारे कत्तिको ज्ञान् छ त्योबारे जान्न पोषण सप्ताह कार्यक्रम गरिएको हो । जेठ ४ देखि जेठ ९ गतेसम्म चल्ने सप्ताहब्यापी कार्यक्रमले विद्यार्थीमा स्वास्थ्य, पोषणको आवश्यकता, आफ्नो र वरिपरिको वातावरण सरसफाइबाट हुने लाभ र बालबिवाहबाट स्वास्थ्यमा, सामाजिक रुपमा पुर्याउने असरबारे व्यावहारिक रुपमा चेतना जगाउन मदत पुग्ने कार्यक्रम संयोजक तथा विद्यालय नर्स बिकिसा बानियाँले जानकारी दिइन् । विद्यार्थीलाइ ब्यवहारिक ज्ञानबाट पढाउन सजिलो हुने विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौलाले बताए । सप्ताहब्यापी कार्यक्रमले विद्यार्थीलाई प्रत्यक्ष रुपमा सहभागी गराउँछ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.