हेटौंडामा तेस्रो डिजिटल ढकतराजु डिलरको उद्घाटन

हेटौंडा । हेटौंडामा तेस्रो डिजिटल ढकतराजु डिलरको उद्धघाटन भएको छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडास्थित टिसिएन रोडमा रहेको मकवानपुर ढकतराजु एण्ड सप्लायर्सको उद्घाटन हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाका वडाध्यक्ष फुर्वादोर्जे तामाङले गरेका हुन् ।

हेटौंडामा मकवानपुर ढकतराजु एण्ड सप्लायर्सले होण्डा इन्डियन कम्पनीका डिजिटल डिलर संचालनमा ल्याएको सप्लायर्सका संचालक सुजित शर्माले जानकारी दिए । ‘होण्डा कम्पनी ब्रान्ड हो र यसका उत्पादनहरु बलियो र टिकाउ हुनेहुनाले आफुले यही कम्पनीको डिलर रोजेको हु’ , शर्माले भने ।

‘अहिले एनालग ढकतराजु त्यति बिक्दैन समय अनुसारको काम गरेन भने पछी परिन्छ’ शर्माको भनाइ छ । सप्लायर्सले बिक्री र मर्मत दुवै गर्छ , साथै टिभी , फ्रीज , डिजिटल घडी , सीसी टिभी , वासिङ्ग मेसिन पनि बिक्री , मर्मत , होमडेलिभरीको समेत ब्यवस्था रहेको शर्माले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.