हेटोँडामा १०० जना विद्यार्थीलाई स्कुल ब्याग

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडाका श्री त्रिवेणी आधारभूत विद्यालयका १ सय जना विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको छ । हेटौंडा अटोमोबाइल्सको ३० औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई ब्याग बितरण गरिएको अटोमोबाइल्सका सदस्य बिकास नेपालले जानकारी दिए ।

अटोमोबाइल्सका अध्यक्ष ऋषिकुमार ढकालको सभाध्यक्षता तथा हेटौंडा ९ नम्बर वडाका वडासदस्य विष्णु राना मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सुजन उप्रेतीको संयोजकत्वमा भएको कार्यक्रममा हेटौंडा ११ नम्बर वडाका वडासदस्य तथा अटोमोबाइल्सका सदस्य बिकास नेपाल , अटोमोबाइल्सका क्षेत्रीय संयोजक, कार्यसमिति सदस्यहरु, जिल्लाका निवर्तमान अध्यक्ष , सल्लाहकार, सदस्यहरु, विद्यालयका प्रअ, शिक्षक, शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.