मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको हेटौंडा नगरको अध्यक्षमा प्रकाश प्रसाद देवकोटा चयन भएका छन् ।
संगठनको शुक्रबार मकवानपुरको हेटौंडामा सम्पन्न नगर अधिवेशनले देवकोटाको नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । समितिको उपाध्यक्षमा डेविट श्रेष्ठ, सचिवमा दिक्षान्स खड्का चयन भएका छन् । अधिवेशनले कोषाध्यक्ष भने चयन गरेको छैन ।
सदस्यहरुमा बिनय थापा, कुस्ण केसी, दिपेश राना मगर, रमेश लामा, किशोर श्रेष्ठ र जित सिं भण्डारी चयन भएका छन् ।
प्रतिकृया दिनुहोस्