Day: २०८१ चैत्र १, शुक्रबार १८:३७ गते

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन हेटौंडा नगरको अधिवेशन सम्पन्न

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन हेटौंडा नगरको अधिवेशन सम्पन्न

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको हेटौंडा नगरको अध्यक्षमा प्रकाश प्रसाद देवकोटा चयन भएका छन् । संगठनको शुक्रबार मकवानपुरको हेटौंडामा सम्पन्न नगर अधिवेशनले देवकोटाको नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । समितिको उपाध्यक्षमा डेविट श्रेष्ठ, सचिवमा दिक्षान्स खड्का चयन भएका छन् । अधिवेशनले कोषाध्यक्ष भने चयन गरेको छैन । सदस्यहरुमा बिनय थापा, कुस्ण केसी, दिपेश राना मगर, रमेश लामा, किशोर श्रेष्ठ र जित सिं भण्डारी चयन भएका छन् ।
Read More
सरकारी हेटौंडा अस्पताल जोगाउन माग गर्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र

सरकारी हेटौंडा अस्पताल जोगाउन माग गर्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र

मकवानपुर । सरकारी हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने सरकारी निर्णयको विरोध गर्दै हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानले गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ। आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको हो । अभियानका संयोजक विशालराज महतद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा हेटौंडा अस्पतालको सम्पूर्ण जमिन, भवन, संरचना, उपकरण तथा स्रोतसाधनलाई पूर्ण रूपमा सरकारी स्वामित्वमै राख्नुपर्ने माग गरिएको छ। संविधान र संघीय कानुनअनुसार सरकारी अस्पतालको सम्पत्ति कुनै संस्थामा गाभ्न नमिल्ने भन्दै अभियानले सरकारको निर्णय फिर्ता लिन आग्रह गरेको छ। अभियानले २०८१ फागुन ११ गतेदेखि एक सातासम्म हेटौँडामा नागरिकहरुबाट संकलन गरिएको ४ हजार हस्ताक्षर समर्थनसहित ज्ञापनपत्र बुझाएको उल्लेख गरिएको छ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.