‘होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक’-प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक भएको बताउनु भएको छ । रङ्गहरुको विशेष पर्व होलीको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस्ताे बताउनु भएको हो।

‘हाेलीको अवसरमा सबैमा सुख, शान्ति, उल्लास र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख देवकोटाद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ ।

होलीलाई आपसी सद्भाव, मेलमिलाप, भाइचारा, एकता, प्रेम र आत्मीय सम्बन्धको प्रतीकको रुपमा लिइने उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ ।
चाडपर्वहरू विशिष्ट मौलिक पहिचानका निरन्तरता भएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभएको छ ‘नेपाल सभ्यता र संस्कृतिमा धनी छ, शिष्टता, सद्भाव, मौलिकता र सहिष्णुतालाई आत्मसात् गर्दै पर्व मनाउन सबैलाई प्रेरणा मिलोस् ।’

पर्वका नाममा हुने विकृतीको अन्त्य गरि सभ्य र समृद्ध समाज निर्माणमा यो पर्वले टेवा पुर्‍याउने अभिलाषाका साथ सबैमा फागु पूर्णिमा अर्थात् होलीको शुभकामना व्यक्त गर्दछु’ उहाँले भन्नु भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.