मकवानपुर । नेपाल बुद्धिजीवी परिषद् मकवानपुरको अध्यक्षमा घनश्याम घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार हेटौंडामा सम्पन्न परिषद्को १०औं अधिवेशनले घिमिरेको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिमा सङ्गम चौलागाईं उपाध्यक्ष, दिपक अधिकारी सचिव, तथा काजिराम मोक्तान र समुन्द्र खनाल सह–सचिव चयन भएका छन्। राधिका शर्मा कोषाध्यक्ष बन्नुभएको छ।
त्यस्तै, सदस्यहरुमा रविन ढुंगाना, नवीन मिश्र, बिनय मिश्र, उद्दव सापकोटा, रमेशमोहन अधिकारी, सङ्गिता पुडासैनी, रामचन्द्र फुँयाल, उत्तम उप्रेती, सुरेश रेग्मी, रामप्रसाद साह, टीका प्रसाद कँडेल, सुर्यप्रसाद घिमिरे, कृष्णबहादुर श्रेष्ठ, शिवप्रसाद लामिछाने, रमिता चौलागाईं, देवराज कोइराला, प्रेम हमाल, प्रतिमा गौतम, र शम्भु प्रसाद हुमागाईं चयन भएका छन्।
अधिवेशन बुद्धिजीवी परिषद् मकवानपुरका अध्यक्ष मोहन प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको हो।