हेटौंडामा अनुपम घलान स्मृति यू-१६ फुटबल प्रतियोगिता सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हेटौंडा-५ क्याम्पा रंगशालामा बुधबारदेखि स्वर्गीय अनुपम घलान स्मृति यू-१६ फुटबल प्रतियोगिता सुरु भएको छ।

प्रतियोगितामा उपमहानगरका १० टिमहरूको सहभागिता रहेको छ। विजेताले १ लाख रुपैयाँ नगद, उपविजेताले ७० हजार रुपैयाँ नगद, साथै विभिन्न बिधागत पुरस्कार पाउने छन्।

प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुने छ।

उद्घाटन कार्यक्रममा स्वर्गीय अनुपमका बुवा तथा जिसस मकवानपुरका प्रमुख ललित घलान, आमा ललिता घलान, हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, १५ नम्बर वडाअध्यक्ष सुनिल मोक्तान लगायतका विभिन्न जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.