मकवानपुर ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ आइतबार निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । वडा अध्यक्ष ढलकबहादुर थापाको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
वडाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ सुचक मध्ये ४९ वटा सुचक सत्प्रतिशत, एक वटा ९८ प्रतिशत, एक वटा ९५ प्रतिशत नतिजा हासिल गरेको छ । वडामा १२ वटा बाल समूह र एक बाल सञ्जाल गठन गरि तीन सय ४१ बालबालिकाहरुलाई प्रत्यक्ष सहभागिता गराएर अभियान सञ्चालन गरिएको छ। घरधुरी सर्वेक्षण २०७९ अनुसार वडाभित्र ७९३ बालक र ७०५ बालिका छन् ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौँडाका विभिन्न वडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु, सामाजिक तथा राजनैतिक व्यक्तित्वहरुसँगै स्थानीयहरुको सहभागिता रहेको थियो ।