हेटौंडा-९ मा समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम

मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा-९ नं वडामा गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि १ दिने समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

हेटौंडा उपमहानगरपालिका न्यायीक समितीको सहयोगमा १ दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो । नगर समन्वय समितीका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नं वडा अध्यक्ष सुकराम केसी, न्यायिक समितिका सदस्य एवं नगर समन्वय समितीका सल्लाहकार ज्ञान बहादुर थापा, ९ नं वडा सदस्य कमला पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका, उपाध्यक्ष शान्ति श्रेष्ठ, महासचिव शिबहरि दाहाल, उपमहासचिव देबकुमार श्रेष्ठ, सचिब पुन्यबती घिमिरे, सदस्यहरु केशब अर्याल, उर्मिला राना,  मेलमिलाप केन्द्रका संयोजक यदुवंश खतिवडा, ९ नं वडा समन्वय समितीका अध्यक्ष रमिला सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका कानुनी अधिकृत सुजन तिमल्सिना, अधिवक्ता शिव बन्जारा र अप्सरा बस्नेतले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा हेटौंडा ९ नं वडाका ६० जनाको सहभागीता रहेको थियो । कार्यक्रम नगर भरीका सबै वडाहरूमा संचालन गरीने नगर समन्वय समितीका महासचिव शिबहरि दाहालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.