हेटौँडा १ नम्बर वडा बालमैत्री घोषणा हुँदै (भिडियो सहित)

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा बालमैत्री स्थानीय साषण युक्त वडा घोषणा हुने भएको छ । बालमैत्री वडा हुन ५१ वटा सुचाङ्क पालना गरेको हुनुपर्नेमा प्राय सबै सुचाङ्क वडाले पार गरेको वडाध्यक्ष सबिन न्यौपानेले बताए ।

वडामा भएको सीएफयल्जीका सूचकको अन्तिम अवस्था मापन स्थितिपत्र तयारी तथा घोषणा पश्चात् पन्चववर्षिय रणनीतिक योजना निर्माण कार्यशालामा बालमैत्री वडा घोषणा गर्नसकिने बताइएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी महाशाखा प्रमुख मन्दिरा थापा, बालमैत्री नगर सहजकर्ता सपना ढुङ्गाना, वडा सदस्य मनु दाहाल, रामकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।

बालमत्री वडा घोषणा कार्यक्रम हेटौंडा १ नकौलीमा माघ ११ गते गरिने भएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । अहिले सम्म ११ वटा वडा बालमैत्री वडा घोषणा भएको नगर सहजकर्ता ढुङ्गानाले जानकारी दिइन ।

हेटौँडालाई बालमैत्री नगर घोषणा गर्ने योजना, यसका लक्ष्य र चुनौतिका विषयमा सबै समाचारका जी. न्यौपानेले नगर बाल सहजकर्ता सपना ढुङ्गानासँग गरेको कुराकानी हेर्नुहोस्–

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.