मकवानपुरमा २ स्वतन्त्र र २ संगठनका पत्रकारहरु अध्यक्षमा भिड्दै

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्ष पदका लागि २ जना स्वतन्त्र र २ जना पत्रकार संगठनका उम्मेदवारहरुबिच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदका लागि उम्मेदवार दिएका अर्का स्वतन्त्र उम्मेदवार शिवकुमार रिजाल (काशी) ले उम्मेदवारी फिर्ता लिएपछि ४ जनाबिच प्रतिस्पर्धा हुने भएको हो । शुक्रबार हुने निर्वाचन प्रेस चौतारी मकवानपुर र नेपाल प्रेस युनियन मकवानपुरको साझा उम्मेदवारको रुपमा बालकृष्ण अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, प्रेस संगठन नेपालबाट अञ्जली थापाले उम्मेदवारी दर्ता गराएकी छन् भने स्वतन्त्रबाट पोष्टराज अधिकारी (कुमार) र सुरेश श्रेष्ठको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले बताए ।

यसैगरी, उपाध्यक्ष (खुल्ला) मा गणेश अधिकारी र ध्रुव अधिकारीले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष महिलातर्फ भावना रिजाल र प्रतिक्षा न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, सचिव पदका लागि केशव सुवेदी र इन्द्रबहादुर बञ्जराले उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा प्रदिप अधिकारी र एमपी शर्मा, सह–सचिव (खुल्ला) मा विश्वराम अधिकारी र शिवप्रसाद चौलागाईको उम्मेदवारी दर्ता भएको छ। सहसचिव (समावेशी) मा सन्नु रिजाल र रुपा गुरुङ, सदस्य (दलित) मा संजीव सुनार र सुमित विश्वकर्मा, सदस्य (महिला) मा स्मिता अर्जेल र जमुना थिङ, सदस्य (जनजाति) मा सानुमाया गुरुङ र जयराम मोक्तानले उम्मेदवारी दिएका छन्।

यसैगरी, आवश्यक ६ जनाको खुल्ला सदस्यमा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा जीवराज बख्रेल, कृष्णा विष्ट (सुनिता), कुमारमणि हुमागाईँ, श्रीराम अर्जुन दहाल, रविन ढुंगाना, सरोज पौडेल, सुमन दाहाल, विवेक सिन्तान, अशेष ढुंगाना, अनिल पराजुली र नवराज वाईबाको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै, केन्द्रीय परिषद सदस्यमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा कमलचन्द्र सुमन, नवराज शर्मा र सुजन विडारी छन्।

बुधबार नै ८ जना निर्विरोध निर्वाचित समेत भइसकेका छन्। सदस्य (मधेसी) मा मनिल महतो निर्विरोध निर्वाचित भएका छन् भने प्रदेश परिषद सदस्यमा ६ जना निर्विरोध निर्वाचित भएका छन्। जसमा सुनिल सिवाकोटी, कपिल खड्का, अनिष लुइँटेल, सरला अधिकारी, बलराम पुडासैनी र नवीन आले मगर रहेका छन् भने केन्द्रीय परिषद सदस्य (समावेशी) तर्फ कृष्णराम परियार निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक आचार्यले बताए ।

महासंघको निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार मतदान हुँदैछ । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको १८ सदस्यीय समिति चयनका लागि निर्वाचन हुनेछ । ३ वर्षे कार्यकालका लागि एक सय १७ जना मतदाताले मतदान गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.