हेटौँडामा विद्यालयहरुका शिक्षण र सिकाईमा वाष्प दृष्टिकोणबारे छलफल

मकवानपुर । एस्ट्रोनोभा फाउन्डेसन नेपालले विद्यालयहरुमा शिक्षण र सिकाइमा वाष्प दृष्टिकोण बारेमा हेटौंडाका निजी तथा आवासीय विद्यालयका संचालक तथा प्राचार्यहरुसँग छलफल कार्यक्रम गरेको छ ।

विद्यार्थीको रुचिकर विषय अनुसार पढाउनसके शिक्षाको क्षेत्रमा ठुलो परिवर्तन आउने एष्ट्रोनोभा फाउन्डेसन नेपालका संस्थापक प्रमुख किसन बास्तोलाको धारणा रहिआएको छ । बास्तोलाको सभाध्यक्षतामा भएको छलफल कार्यक्रममा डिपार्टमेन्ट अफ ल्याङ्ग्वेज एजुकेसन, स्कुल अफ एजुकेसनका एसोसिएट डीन, प्रोफेसर डाक्टर हेमराज काफ्ले, म्याथम्याटिकल एशोसियसन अफ नेपालका चियरम्यान बिनोदप्रसाद पन्त, टिचर एजुकेटर मोटिभेटर स्पिकर एजुकेसनल एक्टिभिष्ट लीडर अभिषेक घिमिरे, कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा लगायतले समयसापेक्ष शिक्षा आजको आवश्यकता हो भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

वक्ताहरुले समयसापेक्ष शिक्षाबाटनै नयाँ नेपाल, विकसित नेपालको कल्पना गर्न सकिने बताए । निजी तथा सामुदायिक विद्यालयका प्रमुख तथा प्राचार्यहरु , विभिन्न संघसंस्थाका प्रमुख तथा संचारकर्मीहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.