हेटौँडा १२ को उपनिर्वाचनमा उम्मेदवारहरुको आ–आफ्नै दाबी

मकवानपुर । हेटौँडा उपमहानगरपालिका १२ नम्बर वडाको मङ्सिर १६ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनको लागि दलहरूले गरेको चुनाव प्रचारप्रसार ११ गतेदेखि सकिएको छ ।

चुनाव प्रचारप्रसार का क्रममा भेटिएका नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार बलराम बलले ठूलो दलले मात्र काम गर्छ भन्ने कुरा गलत साबित गराउन जनता सचेत रहेकोले आफू ढुक्क रहेको बताए । जनताले भोट दिएर जिताएको खण्डमा आफुले शिक्षा, स्वास्थ्य, खानेपानी र अन्य पुर्वाधार विकासको क्षेत्रमा काम गर्ने बताए ।


यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार छबिलाल वाइबा (पहाड) भन्छन्, ‘‘हामीले जनतासामु वकालत गरेका छौँ, न्यायाधीश सरह जनताले १६ गते फैसला गर्छन्, जनताले मत दिएर जिताएको खण्डमा आफ्नो जिम्मेवारी पूरा गर्नेछु ।’’


यता नेकपा माओवादी केन्द्रका रबि प्रधान (रबिन) बिगतमा आफ्नो पार्टीले वडामा गरेको कामको उचित मुल्यांकन हुन्छ र जनताले जिताएको खण्डमा पुर्वाधार विकास, शिक्षा, खानेपानीको क्षेत्रमा स्थानीय, प्रदेश, सङ्घिय सरकारसंग बजेटको पहल गरेर काममा लाग्ने प्रतिबद्धता जनाउछन् ।


यस्तै नेकपा एमालेका उम्मेदवार राजेश नगरकोटी र नेपाली काङ्ग्रेसका अर्जुन तिवारी पनि जनताले मत दिएर जिताउने कुरामा आफुहरु ढुक्क रहेको बताउँछन । ‘‘उम्मेदवार नहुँदा पनि जनताको सेवामा लागेकोले त्यसको मुल्यांकन हुनेमा म ढुक्क छु र जितेको खण्डमा आफ्नो कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता जनाउछु, नेकपा एमालेका उम्मेदवार नगरकोटी भन्छन् ।

मङ्सिर १६ गते हुने हेटौंडा १२ नम्बर वडाको वडाध्यक्ष पदको उप निर्वाचनको लागि ९ वटा दल र ५ स्वतन्त्र गरि १४ जनाको उम्मेदवारी दर्ता भएको थियोे भने स्वतन्त्र उम्मेदवार २ जना कुमार पोख्रेल र युनेस लामा (सिन्तान)ले उम्मेदवारी फिर्ता लिएपछि अब १२ जनामा भिडन्त हुने छ ।

आचारसंहिता लागुभएपछि चुनावी प्रचारप्रसारको काम सकिएको छ । अब दलको तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका बलराम बल, नेकपा माओवादी केन्द्रका रबि प्रधान (रबिन), नेकपा एमालेका राजेश नगरकोटी, नेपाली काँग्रेसका अर्जुन तिवारीजनता समाजवादीका छबिलाल वाइबा (पहाड), नेमकिपाका फुलमाया तितुङ्ग, मङ्गोल नेशनल अर्गनाइजेसनका दिपा लामा, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भ्लोन उम्मेदवार छन् भने स्वतन्त्र उम्मेदवारहरुमा छ्त्रप्रकाश अधिकारी, गिता कुमारी नेवार र अर्जुन घलान मैदानमा छन् ।

निर्वाचन आयोगको कार्यालय १२ नम्बर वडा कार्यालयमा राखिएको छ । भोट हाल्नकोलागी ९ वटा बुथ रहने जनाइएको छ । प्रतिभा आधारभूत विध्यालय सिग्रेनीमा ५ र विष्णुज्योति आधारभूत विद्यालयमा ४ वटा बुथ रहने निर्वाचन आयोगले जनाएको छ । १२ नम्बर वडामा ६ हजार ४ सय ६५ मतदाता थिए भने २०७९ बैशाख ३० को निर्वाचन पछी १ हजार ५ सय ८८ जना मतदाता थपिएको वडा कार्यालयले जनाएको छ । हाल वडामा ३८७८ पुरुष , ४१७४ महिला गरि ८ हजार ५३ मतदाता रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.