पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु

मकवानपुर । पालुङ जेसीज वर्ष २०२४ को जेसीज सप्ताह सुरु भएको छ । शुक्रबार थाहा नगरपालिका वडा नं. २ को ऐतिहासिक पालुङगढीमा एक कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह सुरु गरिएको हो ।

कार्यक्रम पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिंदोङले सप्ताह अन्तरगत हुने कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । जेसीज सप्ताह अतरगत मङ्सिर ९ गतेदेखि १४ गतेसम्म विभिन्न ७ वटा कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए ।

मंसिर ९ गते विराज थापाको संयोजकत्वमा जनकल्याण माबि पालुङमा लक्ष्य निर्धारण तालिम कार्यक्रमको आयोजना गर्ने, १० गते विश्वनाथ रायमाझीको संयोजकत्वमा प्रदिप जेसीज दौड प्रतियोगिता, ११ गते अजय कार्कीको संयोजकमा न्यानो कपडा वितरण कार्यक्रम, १२ गते रोशनी गोपालीको संयोजकमा पालुङ जेसीजको यस वर्षको प्रकरणमा आधारित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता, १३ गते रचना बस्नेतको संयोजकत्वमा ऋषेश्वर प्राबि दामनका बिद्यार्थीहरुलाई भरत–रत्न छात्रवृत्ति कार्यक्रम गर्ने कार्यतालिका रहेको छ ।

यसैगरी, १४ गते श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा मैत्रीपूर्ण जेसीज कप फुटबल प्रतियोगिता ईन्द्रायणीचौरमा आयोजना गरिने र १५ गते अञ्जय प्रधानको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रमको समापनका साथै सम्मान तथा पुरस्कार वितरण कार्यक्रम जेसीज सभाहलमा गर्ने कार्यतालिका रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष सानोभाइ कार्की, मनोज रायमाझी निवर्तमान अध्यक्ष संगम कार्की, २०२४ का बोर्ड पदाधिकारीहरु, कार्यक्रम संयोजकहरु, सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.