पदभार ग्रहण सँगै सहकारीको रकम अपचलन गर्ने कसैलाई छुट नदिने घोषणा

मकवानपुर । बागमती प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको परिसरमा रहेको भवनमा मन्त्रालय राखेर पदभार ग्रहण गरेका हुन् । मन्त्रीको सपथ खाएको १११ औं दिनमा मन्त्रालय पाएका सहकारी मन्त्री श्रेष्ठले मन्त्रालयको नाम पाएको ११ औं दिनमा पदभार ग्रहण गरेका हुन् । गत साउन ९ गते मन्त्री पदमा नियुक्त हुँदै पद तथा गोपनियताको सपथ खाएका मन्त्री श्रेष्ठले गत कार्तिक २७ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णयले मन्त्रालय विभाजन गरेर श्रेष्ठलाई दिइने मन्त्रालयको टुंगो लगाएको थियो ।

प्रदेशमा रहेको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री कार्यालय मातहतमा रहेको गरिवी निवारण विभाजन गरेर सहकारी तथा गरिवी निवारण मन्त्रालय बनाइएको हो । पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले दुईवटा निर्णयमा हस्ताक्षर गरेका छन् ।

बागमती प्रदेशमा गरिवीको रेखामुनी रहेका जनसंख्या र परिवार एकिन गरी उनीहरुको जीवनस्तर उकास्न र आत्मानिर्भर बनाउनका लागि बिशेष कार्ययोजना तर्जुमा गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् भने सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सहकारी महाशाखाले कार्ययोजना पेश गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

यस्तै, मन्त्री श्रेष्ठले कार्यभार सम्हाल्दै कर्मचारीहरुले जनताको सेवक भएर काम गर्न निर्देशन दिए । ‘बिशेषगरी सहकारीको क्षेत्रको समस्या व्यापक रुपमा बढ्दो छ,’ उनले भने, ‘त्यसमा व्यक्ति, पद तथा पार्टी को म चिन्दिनँ । त्यसमा तँपाइहरुले छानविन गरेको ल्याउनुभएको कागजमा हात नकमाई सही गर्ने जिम्मेवारी मेरो भयो ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.