बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ पुग्यो

मकवानपुर । बागमती प्रदेशमा मन्त्रालयको संख्या बढाएर १४ पुर्याइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वटा मन्त्रालयमा थप एउटा मन्त्रालय थप्दै १४ वटा पुर्याउने निर्णय गरेको हो ।

बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले प्रदेशमा सहकारी तथा गरिबी निवारण मन्त्रालय थप गरेको हो ।

सपथ लिएको १११ दिनदेखि बिनाविभागीय रहेका कांग्रेसका मन्त्री मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिन संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय फुटाइएको हो । यद्यपि, श्रेष्ठलाई जिम्मेवारी तोक्ने निर्णय भने मन्त्रिपरिषद्ले नगरेको मन्त्री लामिछानेले बताउनुभयो ।

हतारहतारमा हाललाई मन्त्रालय विभाजन गरिएको र आगामी मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई जिम्मेवारी तोक्ने मन्त्री लामिछानेले जानकारी दिनुभयो । श्रेष्ठलाई सहकारी मन्त्रालयको जिम्मेवारी दिने सम्बन्धमा सैद्धान्तिक सहमति रहेको उहाँको भनाइ छ । प्रदेशमा मुख्यमन्त्री लामासहित कांग्रेसका आठ र एमालेका ६ जना मन्त्रीहरू रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.