बागमती प्रदेश प्रमुख तथा मकवानपुरे संचारकर्मीबिच भेटघाट

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले हेटौंडाका संचारकर्मीहरुसँग आइतबार आनौपचारिक भेटघाट गरेका छन् । प्रदेश प्रमुखको कार्यालय हेटौंडाको सभाहलमा उनले पत्रकारहरुसँग भेटी परिचय आदानप्रदान गरेका हुन् ।

राजनीति विषयवस्तुको कुराकानी भन्दा पनि चिनाजानी गर्ने र हेटौंडामा आफू नयाँ भएकोले यहाँका सबल पक्ष, सुधारका पक्ष बारे जान्ने मनसायले भेटघाट कार्यक्रम राखिएको प्रमुख देवकोटाको भनाइ थियोे । राजनैतिक विषयमा त्यति बोल्न नचाहेका देवकोटाले पत्रकारहरुबाट प्राप्त रचनात्मक सल्लाह, सुझावको अपेक्षा राख्दै त्यसलाई मार्ग निर्देशनको रुपमा ग्रहण गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका कार्यालय सचिव, प्रमुखका प्रमुख स्वकीय सचिव, प्रेस संयोजक लगायत पत्रकारहरुको उपस्थिति रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.