सरस्वती मनकामना टोल विकासमा गोले निर्वाचित

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा स्थित सरस्वती मनकामना टोल विकास संस्थाको अध्यक्ष पदमा रोशन गोले निर्वाचित भएका छन् । गोपी राम बल र गोले बिचमा प्रतिस्पर्धा हुँदा गोलेले ५० मत पाएर निर्वाचित भएका हुन् भने बलले २५ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा रिता कोइराला, सचिवमा कृष्ण सारु मगर, सहसचिवमा अञ्जु थापा, कोषाध्यक्षमा मुरली कुमार कार्की निर्विरोध निर्वाचित भएका हुन । अध्यक्ष पदको लागि मात्र प्रतिस्पर्धा भएको थियोे । त्यस्तै निर्विरोध निर्वाचित हुने सदस्यहरुमा सिभराम थिङ्ग, रन्जु कोइराला, सनुमाया गोले र रिता पाख्रिन रहेका छन् ।

कार्यक्रममा हेटौंडा ३ का वडा अध्यक्ष ढलक बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो भने टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, वडासमन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञ बहादुर आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.