मकवानपुर । बसामाडी जेसीजले सप्ताहव्यापी कार्यक्रमको पुरस्कार तथा समापन कार्यक्रम हेटौंडामा गरेको छ । जेसीजले खाधान्न वितरण, वृक्षारोपण, साइबर सेक्युरिटी तालिम, जेसी विध्यार्थी फुटसल, यौन तथा प्रजनन स्वास्थ र लागुऔँषध सम्बन्धि सचेतना कार्यक्रम हेटौंडाको विभिन्न ठाउँमा गरेको थियो ।
बसामाडी जेसीजका वर्ष २०२४ का अध्यक्ष उद्धव राज कठायतको सभाध्यक्षतामा भएको कार्यक्रममा जेसी अशोक शाक्यको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा जेसी अनिल अग्रवाल, कार्यक्रम संयोजक रामकृष्ण शिवाकोटी, बसामाडी जेसीजका २०२४ का उपाध्यक्ष अबुदय खनाल, प्रमोद उप्रेती, मूल कार्यक्रम संयोजक तथा २०२४ कार्यकारी उपाध्यक्ष दिपेन्द्र यादव, जेसी गणेश दर्पण अधिकारी लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रम हेटौंडा ५ चिसापानी स्थित पूजा ब्याङ्क्वेटको सभाहलमा भएको हो ।
प्रतिकृया दिनुहोस्