समाजवादी हेटौँडा नगर कमिटिको बैठक सम्पन्न

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी समाजवादी (यस) को प्रथम हेटौंडा नगर कमिटी बैठक सम्पन्न भएको छ । शनिबार बिहान पार्टी कार्यालय हेटौंडामा बसेको बैठकले नगर भेलाको समिक्षा र जिम्मेवारी बाँडफाड गरेको छ ।

पार्टीकी नगर अध्यक्ष विष्णुमाया लामाको अध्यक्षतामा बसेको बैठकले नगर सचिव सफल अधिकारीलाइ संगठन तथा स्कुल विभाग प्रमुखको जिम्मेवारी दिएको छ । यसैगरी उपसचिव देवेन्द्र पराजुलीलाई आर्थिक विभाग प्रमुख, नगर सदस्य तथा प्रेस सङ्गठनका जिल्ला उपाध्यक्ष गोबिन्द प्रसाद न्यौपानेलाई सुचना तथा प्रचार–प्रसार विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

नगर बैंठकबाट उनीहरुलाइ सर्वसम्मत चयन गरिएको हो । बैठक पार्टीका जिल्ला अध्यक्ष विष्णु दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.