हेटौँडा-११, सिमलटारमा साउनभित्रै लालपुर्जा वितरण हुने सांसद उप्रेतीको दाबी

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौँडा नगरको आयोजना तथा सिमलटार टोल विकास समितिको समन्वयमा हेटौँडा उपमहानगरपालिका-११, सिमलटारस्थित सिमलटार टोल विकासको भवनमा भेटघाट तथा जनगुनासो कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम रास्वपा हेटौँडा वडा नम्बर ११ का सभापति सन्जिब बिडारीको सभाध्यक्षता तथा रास्वपा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य प्रशान्त उप्रेतीको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा रास्वपा हेटौँडा उमनपा कमिटीका उपसभापति सागर लामिछाने, सिमलटार टोल विकास समितिका अध्यक्ष देव कृष्ण थोकर, रास्वपा नगर सचिव बिषभ अधिकारी, क्षेत्र नं २ का सभापति सागर लामिछाने र जिल्ला सदस्य सम्झना पुडासैनि लगायत करिब १५० देखि १६० जना स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। हेटौँडा-११ सिमलटारस्थित व्यवस्थित रूपमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूको समस्या सुन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सिमलटार टोल विकास समितिका अध्यक्ष तथा राष्ट्रिय भूमि अधिकार मञ्चका जिल्ला अध्यक्षले प्रतिनिधि सभा सदस्य प्रशान्त उप्रेतीलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं प्रतिनिधि सभा सदस्य प्रशान्त उप्रेतीले आफू प्रतिनिधि सभाका ४१ बैठकमध्ये ३८ वटा बैठकमा उपस्थित भएको बताउनुभयो। संसደትमा १ मिनेट बोल्न पाउनु पनि ठूलो कुरा भएको उल्लेख गर्दै उहाँले बफर जोन र लालपुर्जाविहीन सुकुम्बासीहरूका समस्याबारे संसद्मा कुरा उठाइरहेकोबारे जानकारी गराउनुभयो। यहाँ भौतिक समस्याभन्दा पनि नीतिगत समस्याहरू रहेको र आफूहरू दिएको वचनबाट टाढा नभएको उहाँको भनाइ थियो। आफू पनि अव्यवस्थित क्षेत्रमै बस्ने गरेको बताउँदै उनले मनहरीमा मात्र ८,५०० घरधुरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू रहेको उल्लेख गर्नुभयो।

सांसद उप्रेतीले यही साउन महिनाभित्रै पहिलो चरणमा यस जिल्लामा लालपुर्जा वितरण हुने जानकारी दिँदै सुकुम्बासी तथा अव्यवस्थित बसोबास प्राथमिकताको क्षेत्रमा चौथो स्थानमा पर्ने स्पष्ट पार्नुभयो। सरकारको बस्ती उठाउने कुनै किसिमको योजना नरहेको र लामो समयदेखि बसिरहेको बस्ती उठाउने कुरामा आफू पनि सहमत नरहेको उहाँले प्रष्ट पार्नुभयो। एउटा परिवारले आफ्नो जीवनको पूरा लगानी घर बनाउन मेहनत गर्ने र ठूलो घर हुँदैमा कोही सुकुम्बासी नहुने भन्ने नहुने उहाँको भनाइ थियो।

नीति, थिति र विधि बसाल्न तथा सुशासन कायम गर्दै कानुनी राज्यको निर्माण गर्न नै आफूहरू राजनीतिमा आएको बताउँदै उहाँले राजनीतिक र सामाजिक चिन्तनलाई नजिकबाट बुझेर समाधान गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो। पछिल्लो समय आत्मदाहका घटनाहरू बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले भौतिक सुखसुविधाले मात्र मानिस सन्तुष्ट नहुने र मानसिक रूपमा विक्षिप्त बन्दه‌ गएको औँल्याउनुभयो। हामी भौतिक सुखसुविधाको पछि लाग्दा सामाजिक सद्भाव, सामूहिक विश्वास र चालचलनहरू भुल्दै गएको महसुस भएको बताउँदै उहाँले बजेट विनियोजनका सम्बन्धमा पनि कामहरू क्रमशः गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.