पेट्रोलियम विक्रेतासङ्घको अध्यक्षमा इटेनी निर्विरोध निर्वाचित

हेटौँडा । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाको अध्यक्षमा उत्सव इटेनी निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको शनिबार हेटौँडामा सम्पन्न १४ औँ वार्षिक साधारण सभा तथा अधिवेसनले इटेनीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा ठाकुर भट्टराइ, उपाध्यक्षमा दीपेन्द्र बर्तौला, सचिवमा विष्णुहरि पण्डित, सहसचविमा उत्तम खड्का र कोषाध्यक्षमा रामजी कोइराला निर्वाचित हुनुभएको छ । साथै सङ्घको कार्यसमिति सदस्यहरुमा रामेश्वर श्रेष्ठ, अभिषेक बर्तौला, राजु बिडारी, मनोजकुमार शाह निर्वाचित हुनुभएको छ भने पदेन सदस्यमा किशोर शर्मा कंडेल रहनुभएको छ ।

पत्रकार दाहाल र विष्ट सम्मानित
नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि दाहाललाई सम्मान गरेको छ । पेट्रोलियम विक्रेता सङ्घको वार्षिक साधारण सभाका अवसरमा सघले पत्रकारद्वय विष्ट र दाहाललाई सम्मान गरेको हो ।

मकवानपुर जिल्लामा रहेर जिल्लाको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै दाहाललाई राजन थापा स्मृति पत्रकारिता पुरस्कार र विष्टलाई बलराम दास स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले कार्यक्रममा पत्रकार दाहाल र विष्टलाई जनही ११ हजार १११ रुपियाँ राशिको पुरस्कारसहित सम्मान गर्नुभएको थियो ।

यसअघि संघको साधारसभाको उद्घाटन गर्दै नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले पेट्रोलियम पदार्थको कारोवार अत्यावश्यक पर्दामा पर्ने र यो सेवामूलक व्यवसाय भएको भन्दै पेट्रोल पम्प २४ सैं घण्टा खुल्नुपर्ने व्यवस्था भएसँगै निगमका डिपोहरुपनि नियमित गर्नुपर्ने माग गर्नुभयो ।

नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय, अमलेखगञ्जका कार्यालय प्रमुख अशोक शाहले निगममा निगमले चुनौतीका बिच पेट्रोलियम पदार्थको बिक्री व्यवस्थालाई सुनिश्चित गरेको भन्दै पेट्रोलियम पदार्थ बिक्रेताको निजी सवारीबाट ढुवानी गर्न पाइने बताउनुभयो ।

पेट्रोलिय डिलर्स राष्ट्रिय एसोसियसनका महासचिव विश्वप्रसाद अर्यालले पेट्रोलियम पदार्थको अहिले आपूर्तिमा समस्या नभएको भन्दै लगानी र जोखिमको आधारमा मुनाफा पाउनुपर्ने बताउनुभयो । चितवन पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष शर्मिला सेढाईले सूचना सबैको अधिकार भएको भन्दै आयल निगमलाई सूचना नलुकाउन र पारदर्शिता अपनाउन आग्रह गर्नुभयो ।

नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाका अध्यक्ष उत्सव इटेनीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाट, नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठ, पेट्रोलियम विक्रेता सङ्घका पूर्वअध्यक्ष सिद्धिलाल श्रेष्ठ, सल्लाहकार ढुण्डीराज उप्रेती, वरिष्ठ उपाध्यक्ष रामेश्वर श्रेष्ठ, बागमती पेट्रोलियम विक्रेता सङ्घका अध्यक्ष अच्युत खड्का, रौततह पेट्रोलियम विक्रेता सङ्घका अध्यक्ष महेश दासलगायतले बोल्नुभएको थियो ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.