हेटौंडा / मुख्य न्यायाधिवक्ता कार्यालय, बागमती प्रदेश, हेटौंडाले स्थापन दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रममा ७ जना महिला र २४ जना पुरुष गरी जम्मा ३१ जनाले रक्तदान गरेको मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतले जानकारी दिइन्।
मुख्य न्यायाधिवक्ता बस्नेतले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेपछि सुरु भएको उक्त कार्यक्रममा कार्यालयका कर्मचारी तथा अन्य व्यक्तिहरूले समेत उत्साहपूर्वक रक्तदान गरेको कार्यालयले जनाएको छ।
प्रतिकृया दिनुहोस्































