Day: २०८२ चैत्र ११, बुधबार १६:१५ गते

हेटौंडामा बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी हुँदै

हेटौंडामा बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी हुँदै

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी २०८२ आयोजना गर्ने भएको छ। संघअन्तर्गतको कृषि प्रवर्द्धन समितिको संयोजनमा चैत १३ गतेदेखि १६ गतेसम्म हेटौंडाको पल्पसा सदनमा प्रदर्शनी आयोजना गरिने जानकारी दिइएको छ। किसान तथा कृषि उद्यमीहरूको मनोबल बढाउने, युवालाई कृषिमा आकर्षित गर्ने तथा कृषि उत्पादनको प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो। प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले गर्ने कार्यक्रम रहेको छ भने विभिन्न कलाकारहरूको प्रस्तुति समेत आकर्षणको रूपमा रहने जनाइएको छ। संघले विगतदेखि नै उद्योगी व्यवसायीहरूको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र कृषिक्षेत्रमा पनि उत्प्रेरणा तथा…
Read More
डढेलो जोखिम कायम भए पनि मकवानपुरमा क्षति घट्दै

डढेलो जोखिम कायम भए पनि मकवानपुरमा क्षति घट्दै

हेटौँडा । मकवानपुर जिल्लामा यस वर्ष वन डढेलोका घटना अघिल्ला वर्षहरूको तुलनामा कम देखिएका छन्। २०८१ साल फागुनदेखि २०८२ जेठसम्मको अवधिमा ५७४ दशमलव २५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको तथ्यांक सार्वजनिक गरिएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत विवरणअनुसार उक्त अवधिमा डढेलोका कारण १०२ वटा रुख, १ हजार १३७ खम्बा, १० हजार २९९ लाथ्रा तथा १ लाख ३५ हजार ६२ बिरुवामा क्षति पुगेको छ। चालु आर्थिक वर्षमा भने चैत महिनामा मात्रै डढेलोका घटना भएका थिए, जसमा करिब ५ हेक्टर वन क्षेत्र प्रभावित भएको वन कार्यालयले जनाएको छ। देशका ७७ जिल्लामध्ये मकवानपुर वन डढेलोको जोखिमका आधारमा १८ औँ स्थानमा पर्ने…
Read More
विश्व क्षयरोग दिवसको अवसरमा हेटौंडामा जनचेतना कार्यक्रम

विश्व क्षयरोग दिवसको अवसरमा हेटौंडामा जनचेतना कार्यक्रम

हेटौंडा / विश्व क्षयरोग दिवसको अवसरमा युवाहरूले हेटौंडामा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका छन्। बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर, स्वास्थ्य क्लब तथा मदन भण्डारी हेल्थ एकेडेमी साइन्स स्कुलका युवाहरूको सहभागितामा जनचेतनामूलक र्‍याली र सडक नाटक आयोजना गरिएको हो। नेपाल सरकारले सन् २०३५ सम्म नेपाललाई क्षयरोगमुक्त देश बनाउने लक्ष्य लिएको छ। सोही लक्ष्यअनुसार विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् भनी सम्बन्धित स्वास्थ्य संस्थाहरूले जनाएको छ।
Read More
स्थापन दिवसमा हेटौंडामा रक्तदान

स्थापन दिवसमा हेटौंडामा रक्तदान

हेटौंडा / मुख्य न्यायाधिवक्ता कार्यालय, बागमती प्रदेश, हेटौंडाले स्थापन दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रममा ७ जना महिला र २४ जना पुरुष गरी जम्मा ३१ जनाले रक्तदान गरेको मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतले जानकारी दिइन्। मुख्य न्यायाधिवक्ता बस्नेतले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेपछि सुरु भएको उक्त कार्यक्रममा कार्यालयका कर्मचारी तथा अन्य व्यक्तिहरूले समेत उत्साहपूर्वक रक्तदान गरेको कार्यालयले जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.