विश्व क्षयरोग दिवसको अवसरमा हेटौंडामा जनचेतना कार्यक्रम

हेटौंडा / विश्व क्षयरोग दिवसको अवसरमा युवाहरूले हेटौंडामा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका छन्। बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर, स्वास्थ्य क्लब तथा मदन भण्डारी हेल्थ एकेडेमी साइन्स स्कुलका युवाहरूको सहभागितामा जनचेतनामूलक र्‍याली र सडक नाटक आयोजना गरिएको हो।

नेपाल सरकारले सन् २०३५ सम्म नेपाललाई क्षयरोगमुक्त देश बनाउने लक्ष्य लिएको छ। सोही लक्ष्यअनुसार विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् भनी सम्बन्धित स्वास्थ्य संस्थाहरूले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.