हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको नयाँ कार्यसमिति पुनः कपिल खड्काको नेतृत्वमा गठन गरिएको छ। हालै सम्पन्न अधिवेशनले खड्कालाई पुनः अध्यक्ष पदमा चयन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा रवीन्द्र गौतम, सचिवमा मनोेज देवकोटा, सह-सचिवमा मञ्जिता मैनाली तथा कोषाध्यक्षमा सन्नु रिजाल चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा दर्शन क्षेत्री, मनिता राना, अन्जना न्यासुर र रामकुमार दानी रहेका छन्।
नवनिर्वाचित कार्यसमितिले चलचित्र पत्रकारिता क्षेत्रको विकास, चलचित्रसम्बन्धी गतिविधिको प्रवर्द्धन तथा पत्रकारहरूको पेशागत हकहितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिकृया दिनुहोस्































