हेटौँडा — हेटौँडा उपमहानगरपालिका–११ नम्बर वडास्थित त्रिभुवन माध्यमिक विद्यालयको ६४औँ अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक उप्रेतीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा ४ जना विद्यालय व्यवस्थापन समिति सदस्य समेत चयन गरिएको छ। चयन भएका सदस्यहरूमा गोविन्दप्रसाद न्यौपाने, बिनु नेपाली, बद्री लम्साल र जमुना राई रहेका छन्। अन्य समितिको चयन प्रक्रिया ३ दिनभित्र सम्पन्न गरिने सदस्य–सचिव तथा विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौलाले जानकारी दिए।

हेटौँडा उपमहानगरपालिका–११ नम्बर वडाकी वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा शिक्षा विकास महाशाखा, हेटौँडाका अधिकृत रमेश बिडारी, पूर्व वडाध्यक्ष गोकर्ण पराजुली, वडा प्रतिनिधि तथा विव्यस सदस्य सञ्जय बिडारी, प्रधानाध्यापक रामकुमार बर्तौला, पीटीए अध्यक्ष रामकृष्ण बस्नेत, समाजसेवी गोपीनाथ उप्रेती, अक्कल बहादुर रोक्का क्षेत्री, विव्यस पूर्व अध्यक्ष दिवस पराजुली, विद्यालयका सहायक प्रधानाध्यापक बैकुण्ठ नेपाल, शर्मिला ढकाल लगायतको आतिथ्यता रहेको थियो।































