हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रमलाई व्यवस्थित र स्थायी संरचनाबाट सञ्चालन गर्ने लक्ष्यसहित हेटौँडामा प्रिफ्याब भवन निर्माण कार्य सुरु गरिएको छ।
हेटौँडा–१० टिसियन क्षेत्रमा निर्माण हुन लागेको उक्त भवनको ठेक्का सम्झौता सम्पन्न भएपछि बिहीबारदेखि निर्माण प्रक्रिया अघि बढाइएको हो। भवनको शिलान्यास बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रूपमा गरेका हुन्।
प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाईंका अनुसार शैक्षिक गतिविधि सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तयार पार्ने उद्देश्यले निर्माण सुरु गरिएको यस भवनको लागत ८ करोड ६१ लाख १७ हजार ९ सय १ रुपैयाँ रहेको छ। निर्माण कार्यका लागि काठमाडौँस्थित बिजी–साबिरा–चन्द्रायण जेभीसँग सम्झौता गरिएको छ र आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
गुरागाईंले नयाँ प्रिफ्याब भवन निर्माण भएसँगै प्रतिष्ठानका शैक्षिक कार्यक्रम आफ्नै पूर्वाधारबाट सञ्चालन गर्न सकिने बताए। हाल प्रतिष्ठानले शैक्षिक कार्यक्रम सञ्चालनका लागि भाडामा लिइएका कक्षहरू प्रयोग गर्नुपर्ने अवस्था रहेको छ।
निर्माण कम्पनी चन्द्रायण जेभीका प्रोपाइटर राजकुमार अधिकारीले तोकिएको समयसीमाभित्र भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार अप्रत्याशित समस्या नआएमा चार महिनाभित्र निर्माण कार्य पूरा गरी भवन हस्तान्तरण गर्ने लक्ष्य रहेको छ। यद्यपि अन्तर्राष्ट्रिय स्तरमा देखिएका द्वन्द्वका कारण निर्माण सामग्रीको मूल्यवृद्धि चुनौतीका रूपमा देखिएको उनले बताए।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले प्रतिष्ठानका शैक्षिक कार्यक्रमलाई एउटै स्थानबाट व्यवस्थित रूपमा सञ्चालन गर्न भवन निर्माण गर्न लागिएको बताए। उनले निर्माण कम्पनीलाई तोकिएको समयमै काम सम्पन्न गर्न आग्रह गर्दै आवश्यक निर्माण सामग्रीको पर्याप्त मौज्दात राख्न निर्देशन पनि दिए। कुनै पनि बहानामा निर्माण कार्यमा ढिलासुस्ती हुन नदिन उनले सचेत गराए।
निर्माण हुन लागेको प्रिफ्याब भवन आधुनिक संरचनासहित तयार गरिने योजना छ। भवनमा कक्षाकोठा, प्रशासनिक कक्ष, प्रयोगशाला लगायत स्वास्थ्य शिक्षासँग सम्बन्धित विभिन्न पूर्वाधार समावेश गरिने जनाइएको छ। य



































































