मकवानपुर । सुनुवार विद्यार्थी समाज मकवानपुरको तदर्थ समिति अध्यक्षमा मुना सुनुवार चयन भएकी छिन् । बुधबार सुनुवार विद्यार्थी समाज संघीय समितिको संगठन विस्तार कार्यक्रम अन्तर्गत भएको कार्यक्रमले सुनुवार अध्यक्ष रहने गरी ९ सदस्यीय तदर्थ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा अबिषेक सिकारी सुनुवार, सचिवमा अभिषेक सुनुवार, सहसचिवमा पूर्णिमा सुनुवार र कोषाध्यक्षमा उमेश सुनुवार चयन भएका छन् । समितिको सदस्यहरुमा निमा सुनुवार, ऋतु सुनुवार, बिर्सना सुनुवार र सुजन सुनुवार चयन भएको सुनुवार विद्यार्थी समाज संघीय समितिकी महासचिव मुस्कान सिकारी सुनुवारले जानकारी दिइन् ।

कार्यक्रममा संघीय समितिकी अध्यक्ष मनिशा सुनुवार, महासचिव मुस्कान सुनुवार, कोषाध्यक्ष नविन सुनुवार, सदस्य मणिराज सुनुवार, जिल्ला समन्वय समिति अध्यक्ष कृश सुनुवार, सदस्य जीवन सुनुवार लगायतको आतिथ्यता रहेको थियो ।



































































