समाचार

हेटौंडामा बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण सम्पन्न

हेटौंडामा बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण सम्पन्न

मकवानपुर । नेकपा एमाले मकवानपुर अन्तर्गत जिल्ला बिपद ब्यबस्थापन तथा स्वंमसेवा बिभागको आयोजनामा  बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले मकवानपुरले  प्राकृतिक प्रकोप तथा अन्य बिपद प्रतिकार्यमा उद्दार, राहत तथा पुनस्थापनाको काममा स्वयंसेवकीय भुमिका निर्वाह गर्न जिल्ला स्तरमा ६५ जनाको स्वंमसेवक टोलि तयार गरिएको हो । नेकपा एमालेका विभिन्न जनवर्गीय संगठन तथा पार्टी कमिटीका ६५ जना स्वंमसेवकलाई तालिम प्रदान गरिएको नेकपा एमाले मकवानपुर जिल्ला बिपद ब्यबस्थापन तथा स्वंमसेवा बिभागका प्रमुख शिबहरि दाहालले जानकारी दिनुभयो । प्रमुख दाहालले जिल्लामा बाढि, पहिरो, डुवान,आगलागी, हुरि बतास लगायतको प्राकृतिक प्रकोप तथा अन्य बिपदमा स्थानिय प्रशासन एवं स्थानिय सरकारसङ्ग…
Read More
मकवानपुरमा ई.भी. दुर्घटना: ५ जना घाइते, ३ जना गम्भीर

मकवानपुरमा ई.भी. दुर्घटना: ५ जना घाइते, ३ जना गम्भीर

मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाण्डौं सडकखण्डमा आज दिउँसो भएको ई.भी. दुर्घटनामा ५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार, म.प्र.०३–००१ ज ०५५१ नम्बरको ई.भी. गाडी हेटौँडाबाट काठमाण्डौं जाँदै गर्दा दिउँसो १ बजे दुर्घटना भएको हो। गाडी घुम्तीमा ब्रेक हानेको बेला टायर चिप्लिएर करिब १५ मिटर तल खसेको उनले जानकारी दिए। गाडीमा १० जना सवार थिए। तीमध्ये पर्साको जिराभवानी गाउँपालिका–३ का ३५ वर्षीय चन्द्र सन्जु गौरे, भारत विहारका ३९ वर्षीय रिसाहद कुमार र ३५ वर्षीय उमाशंकर कुमार गम्भीर घाइते…
Read More
हेटौँडामा सुनचाँदी व्यवसायीहरुको विरोध प्रदर्शन

हेटौँडामा सुनचाँदी व्यवसायीहरुको विरोध प्रदर्शन

हेटौंडा । मकवानपुरका नवरत्न तथा सुनचाँदी व्यवसायीहरुले आफ्नो व्यवसायिक हकहितको लागि भन्दै हेटौंडामा विरोध र्याली प्रदर्शन गरेका छन् । नेपाल सरकारले सुनचाँदीमा २ प्रतिशत बिलासिताकर, बहुमुल्य हिरा, पत्थरमा १३ प्रतिशत बढाएको भ्याटको खारेजीको माग राख्दै व्यवसायी संघ मकवानपुरले विरोध जनाउँदै प्रदर्शन गरेका हुन् । व्यवसायी संघ मकवानपुरले बागमती प्रदेशका मुख्यमन्त्रीलाई र मकवानपुर उद्योग वाणिज्य संघलाई समेत बिहीबार ज्ञापन पत्र बुझाएका छन् । सुनको भ्याट ६ प्रतिशत कायम राख्न , सुनको बिलासिता २ प्रतिशत कर, बहुमुल्य हिरा पत्थरमा बढाएको १३ प्रतिशत कर खारेज गरी सुनचाँदी, हिरा, पत्थर कारोबारको लागि प्रष्ट नीति कायम गर्न माग राख्दै व्यवसायीहरु लामो समयदेखि आन्दोलनमा छन् ।…
Read More
हेटौंडामा १५ चालक र सहचालकलाई नगद सहित सम्मान

हेटौंडामा १५ चालक र सहचालकलाई नगद सहित सम्मान

हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पहिलो पटक अनुशासित र मर्यादित रुपमा सवारी सञ्चालन गर्ने चालक तथा सहचालकलाई नगद सहित सम्मान गरेको छ। मन्त्रालयले बुधबार हेटौंडामा आयोजना गरेको “उत्कृष्ट चालक तथा सहचालक सम्मान कार्यक्रम” मा १५ जना चालक र सहचालकलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरुमा चालक यादव थपलिया, कान्छा श्रेष्ठ, शरण सिंह लामा, विष्णुबहादुर रोक्का, कुशकुमार ढकाल, धनबहादुर तामाङ, कृष्णहरि पुडासैनी तथा सहचालक दिपेश भैया, रमेश चौधरी, राजेश थापा क्षेत्री, सञ्जय प्रजा र सुरेश रुम्बा रहेका छन्। यस्तै तीन जना महिला चालक जानुका गौतम, नवीना खड्का र सरिता गौतम समेत सम्मानित भएका छन्। उनीहरुलाई जनही १५ हजार…
Read More
हेटौंडामा रोजगार प्रवर्द्धन मेला सम्पन्न,उद्योगी र सेवाग्राहीको उत्साहजनक सहभागिता

हेटौंडामा रोजगार प्रवर्द्धन मेला सम्पन्न,उद्योगी र सेवाग्राहीको उत्साहजनक सहभागिता

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा बेरोजगार नागरिकलाई रोजगारीसँग जोड्न तथा उद्यमीहरुको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने उद्देश्यले दुईदिने रोजगार प्रवद्र्धन मेला सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय र उद्योग संघ मकवानपुरको सहकार्यमा आयोजित मेलामा करिब १२ सयभन्दा बढीले अवलोकन गरेका छन्। मेलामा हेटौंडा औद्योगिक क्षेत्रका ठूला उद्योगदेखि स्थानीय लघु उद्यमका उत्पादनहरुको समेत प्रदर्शनी गरिएको थियो। पिप्ले पोखराकी विष्णुकुमारी राईले सञ्चालन गर्दै आएको काष्ठ हस्तकला उद्योगका उत्पादन समेत प्रदर्शनीमा राखिएका थिए। उनले यस किसिमका मेला र महोत्सवले उत्पादनको ब्राण्डिङ र बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताइन्। “पहिले हामी उत्पादन गरेका सामग्री बेच्नै नसकेर व्यवसाय नै बन्द…
Read More
हेटौंडामा आन्तरिक रोजगार प्रवर्द्धनका लागि अन्तरक्रिया

हेटौंडामा आन्तरिक रोजगार प्रवर्द्धनका लागि अन्तरक्रिया

हेटौंडा । मकवानपुरको हेटौंडामा आन्तरिक रोजगार प्रवर्द्धनका लागि स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाहरूबीच छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको आयोजनामा र उद्योग संघ मकवानपुरको सहआयोजनामा मंगलबार हेटौंडा स्थित पल्पसा प्याराडाईज होममा सम्पन्न भएको हो। कार्यक्रममा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाको सभाध्यक्षता रहेको थियो भने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा आन्तरिक रोजगारीका अवसरहरु सृजना गर्ने विषयमा स्थानीय सरकार, निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवाला निकायबीच विस्तृत छलफल गरिएको थियो। सहभागीहरुले रोजगार सृजना र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सहकार्यको आवश्यकता औँल्याएका थिए।
Read More
हेटौँडाको गोल्फिन्टारको जाल्पा चोकमा स्ल्याब ढलान

हेटौँडाको गोल्फिन्टारको जाल्पा चोकमा स्ल्याब ढलान

हेटौंडा । हेटौंडा उपमाहानगरपालिका ११ नम्बर वडास्थित गोल्फिनटारको जाल्पा चोकमा स्ल्याब ढलान गरिएको छ । प्रमोद बानियाँको घर जाने बाटो स्ल्याब ढलान उपभोक्ता समिति परियोजनाको नाम रहेको छ । परियोजनाका अध्यक्ष पतिराम बानियाँको सभाध्यक्षतामा भएको स्ल्याब ढलान ६ मिटर चौडाइ , ३४ मिटर लम्बाईको रहेको हेटौंडा ११ वडा कार्यालयका सब इन्जिनियर आलोक यादवले जानकारी दिए । हेटौंडा उपमहानगरको ४ लाख आर्थिक लगानीमा स्ल्याब ढलान गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष बानियाँको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा बाटो स्ल्याब ढलान भएको हो । स्ल्याब ढलान कार्यक्रममा गोल्फिन्टार टोल विकास संस्थाका अध्यक्ष रामेश्वर फुयाँल ,…
Read More
हेटौँडाका बिक्रम बानियाँलाई राष्ट्रिय खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार

हेटौँडाका बिक्रम बानियाँलाई राष्ट्रिय खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार

मकवानपुर । गोलनेपाल डटकमसँग आबद्ध रही मकवानपुरबाट खेलकुद पत्रकारिता गर्दै आएका बिक्रम बानियाँले नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिने राष्ट्रिय खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्। मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस पटक पत्रकार बानियाँलाई सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले हस्तान्तरण गरे। खेलकुद मन्त्रालय अन्तर्गतको पुरस्कार मूल्यांकन समितिले मुल्यांकन गरी यस वर्ष देशभरिका दश जना खेलकुद पत्रकारहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। सोही सूचीमा बागमती प्रदेशबाट बिक्रम बानियाँ पनि चयन भएका हुन्। बानियाँ विशेष गरी फुटबल प्रतियोगिताहरूको लाइभ रिपोर्टिङमा परिचित छन्। पछिल्लो एक दशकदेखि…
Read More
हेटौँडामा लहरी ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

हेटौँडामा लहरी ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित पूर्व–पश्चिम राजमार्गमा रहेको रातोमाटे चार्जिङ पोइन्ट नजिकै आज बिहान भएको लहरी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालका अनुसार बिहान साढे २ बजेतिर भारतको बनारसबाट रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीका लागि कोइला बोकी हेटौँडातर्फ आइरहेको युपी ६१ एटी ०९६२ नम्बरको लहरी ट्रक ब्रेकफेल भई अनियन्त्रित भएर सडकको दाहिने किनारमा पल्टिएको थियो। दुर्घटनापछि प्रहरी चौकी रातोमाटे र ट्राफिक प्रहरीको टोली तुरुन्तै घटनास्थलमा पुगेर उद्धार कार्य थालेका थिए। ट्रक पल्टिँदा चालक र सहचालक दुवै गाडीभित्र च्यापिएका थिए। बिहान ४:४५ बजे प्रहरी…
Read More
बागमती प्रदेशसभालाई अनिर्णयको बन्दी बनाएको आरोप

बागमती प्रदेशसभालाई अनिर्णयको बन्दी बनाएको आरोप

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै प्रतिपक्षी दलहरुले गम्भीर आपत्ति जनाएका छन्। सोमबारको प्रदेशसभा बैठक स्थगित भएपछि प्रदेशसभा सचिवालयमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले सरकारको कडा आलोचना गरेका हुन्। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्नप्रसाद ढकालले बजेटको विषयमा मन्त्रालयहरुबीच समन्वय हुन नसक्दा सत्तारूढ घटक दलहरुबीच गहिरो असमझदारी देखिएको बताएका छन्। असार १२ गतेदेखि बजेटमाथि छलफल सुरु गर्ने दलहरुबीच सहमति भएपनि सत्तापक्षकै कारण अहिलेसम्म छलफल सुरु हुन नसकेको उनको आरोप छ। ढकालले सरकार दलहरूसँग कुनै समझदारी, परामर्श वा पूर्वजानकारी बिना बैठक सार्ने काम गरिरहेको भन्दै यसको कडा विरोध जनाए। उनले बजेटमा नीतिगत त्रुटि,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.