हेटौंडा । हेटौंडा उपमाहानगरपालिका ११ नम्बर वडास्थित गोल्फिनटारको जाल्पा चोकमा स्ल्याब ढलान गरिएको छ । प्रमोद बानियाँको घर जाने बाटो स्ल्याब ढलान उपभोक्ता समिति परियोजनाको नाम रहेको छ ।
परियोजनाका अध्यक्ष पतिराम बानियाँको सभाध्यक्षतामा भएको स्ल्याब ढलान ६ मिटर चौडाइ , ३४ मिटर लम्बाईको रहेको हेटौंडा ११ वडा कार्यालयका सब इन्जिनियर आलोक यादवले जानकारी दिए । हेटौंडा उपमहानगरको ४ लाख आर्थिक लगानीमा स्ल्याब ढलान गरिएको हो ।
उपभोक्ता समितिका अध्यक्ष बानियाँको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा बाटो स्ल्याब ढलान भएको हो । स्ल्याब ढलान कार्यक्रममा गोल्फिन्टार टोल विकास संस्थाका अध्यक्ष रामेश्वर फुयाँल , समितिका सचिव जोशन योन्जन, कोषाध्यक्ष अन्जिलाकुमारी पण्डित लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्



























