हेटौंडामा आन्तरिक रोजगार प्रवर्द्धनका लागि अन्तरक्रिया

हेटौंडा । मकवानपुरको हेटौंडामा आन्तरिक रोजगार प्रवर्द्धनका लागि स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाहरूबीच छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको आयोजनामा र उद्योग संघ मकवानपुरको सहआयोजनामा मंगलबार हेटौंडा स्थित पल्पसा प्याराडाईज होममा सम्पन्न भएको हो।

कार्यक्रममा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाको सभाध्यक्षता रहेको थियो भने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा आन्तरिक रोजगारीका अवसरहरु सृजना गर्ने विषयमा स्थानीय सरकार, निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवाला निकायबीच विस्तृत छलफल गरिएको थियो। सहभागीहरुले रोजगार सृजना र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सहकार्यको आवश्यकता औँल्याएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.