समाचार

हेटौँडामा शंकरज्योति माविलाई वाटर फिल्टर तथा डिस्पेन्सर सहयोग

हेटौँडामा शंकरज्योति माविलाई वाटर फिल्टर तथा डिस्पेन्सर सहयोग

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११, सिमलटारस्थित शंकरज्योति माध्यमिक विद्यालयलाई टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाको तर्फबाट इलेक्ट्रिक वाटर फिल्टर तथा डिस्पेन्सर सहयोग गरिएको छ। समितिको २५औं स्थापना दिवस तथा रजत महोत्सव–२०८२ को अवसरमा प्रदान गरिएको यो सहयोग सामग्री विद्यालयमा एक कार्यक्रमका बीच समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले विद्यालयका प्रधानाध्यापक महेश रिजाललाई हस्तान्तरण गरे। अध्यक्ष अधिकारीले संस्थाले समाज रुपान्तरणका विभिन्न पक्षहरूमा समर्पित भएर कार्य गर्दै आएको जानकारी दिए। उनले शिक्षण संस्थामा स्वच्छ पिउने पानीको पहुँच हुनु विद्यार्थीहरूको स्वास्थ्य र सिकाइ दुवैका लागि अत्यन्त आवश्यक भएको बताए। प्रधानाध्यापक रिजालले सहयोगप्रति आभार प्रकट गर्दै भने, "स्वस्थकर पानी पिउन पाउनु हरेक विद्यार्थीको आधारभूत आवश्यकता…
Read More
निवृत्त शिक्षक समाज मकवानपुरद्वारा गुरु सम्मान

निवृत्त शिक्षक समाज मकवानपुरद्वारा गुरु सम्मान

मकवानपुर । नेपाल निवृत्त शिक्षक समाज मकवानपुर नेपालले निवृत्त शिक्षक समाज स्थापना दिवस तथा गुरुपूर्णिमाका अवसरमा आज एक समारोहबिच गुरु संम्मान कार्यक्रम सम्पन्न गरेको छ । यस क्रममा वैयाकरण ध्रुवकुमार भुजेलद्वारा स्थापित रामसावित्री नेपाली भाषाशिक्षक सम्मानद्वारा गोविन्दप्रसाद आचार्य सम्मानित हुनुभएको छ । यसै गरी संस्थाद्वारा स्थापित निवृत्त शिक्षक सम्मानद्वारा वि.सं.२०११ मा जन्मनुभएका केशव शर्मा न्यौपाने, शङ्करप्रसाद लामिछाने, प्रेमजी श्रेष्ठ, शिवप्रसाद गिरी, निरञ्जन अधिकारी, सानुनानी अधिकारीलगायत नौजना निवृत्त शिक्षकहरू सम्मानित हुनुभएको छ । यस कार्यक्रममा रमेशप्रसाद लामिछाने, अरुण खतिवडा, हरिप्रसाद सिग्देल, शिवदयाल यादव, रमेशमोहन अधिकारी तथा निरञ्जन अधिकारीले मन्तव्य राख्नुभएको थियो भने जनार्दन खनालले कविता सुनाउनुभएको थियो । कालिका पार्टी प्यालेसमा…
Read More
मकवानपुर पुर्ण खोपयुक्त जिल्ला घोषणा

मकवानपुर पुर्ण खोपयुक्त जिल्ला घोषणा

हेटौंडा । मकवानपुर जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिती मकवानपुरको मुख्य आयोजना र जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडाको सहकार्यमा हेटौंडाको हिमालय दरबारमा कार्यक्रम भएको हो । जिसस प्रमुख ललित बहादुर घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभासदस्य तथा पुर्वमन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशक डाक्टर नरेन्द्रकुमार झा , जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्ण बहादुर मिजार , मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडाका उपकुलपति डाक्टर प्रदिप ज्ञवाली , हेटौंडा अस्पतालका निर्देशक डाक्टर रामचन्द्र सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।
Read More
विपत् प्रतिकार्यमा जुट्न बागमति प्रदेश प्रमुखको अपिल

विपत् प्रतिकार्यमा जुट्न बागमति प्रदेश प्रमुखको अपिल

मकवानपुर । छिमेकी देश चीनको तिब्बत क्षेत्रमा परेको अत्यधिक वर्षापछि भोटेकोसी नदीमा एक्कासी आएको भीषण बाढीले मुख्यतः बागमती प्रदेशको रसुवा जिल्लामा मानवीय र भौतिक क्षति पुर्‍याएपछि बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सबैलाई सचेत रहन र सहयोगमा जुट्न अपिल गर्नुभएको छ। भोटेकोसी नदीमा आएको बाढीका कारण बेपत्ता भएकामध्ये केहीको शव फेला परेको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले विपद्को यस घडीमा पीडित तथा प्रभावितलाई सक्दो सहायता पुर्‍याउन आग्रह गर्नुभएको हो। सोमबार राति चीनतर्फबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, रसुवा भन्सार कार्यालय, भन्सार यार्डमा रहेका सवारीसाधन, जलविद्युत परियोजनालगायत संरचनामा ठूलो क्षति पुर्‍याउनुका साथै सडक समेत बगाएको…
Read More
हेटौंडामा स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

हेटौंडामा स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका सभाहलमा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सोमबार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका र एएचएफ नेपालको सहकार्यमा आयोजित उक्त बैठकमा नगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो। बैठकमा हेटौंडा क्षेत्रमा एचआईभी नियन्त्रण तथा रोकथाम सम्बन्धी हाल सञ्चालनमा रहेका कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै आगामी दिनमा जनचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउने निर्णय गरिव्को थियो। यसका साथै जोखिममा रहेका समूहहरूलाई लक्षित गर्दै परीक्षण, परामर्श तथा उपचार सेवा सहज रूपमा उपलब्ध गराउने र नगरपालिकाले आवश्यक समन्वय तथा सहजीकरण गर्ने विषयमा समेत बैठकले सहमति जनाएको छ । यस क्रममा सहभागीहरूले नियमित अनुगमन तथा समीक्षा गर्दै प्रगतिको…
Read More
हेटौंडामा कृषि यन्त्र उपकरण वितरण

हेटौंडामा कृषि यन्त्र उपकरण वितरण

हेटौंडा । "कृषि उत्पादनमा यान्त्रिकीकरण प्रवर्द्धन गर्दै स्थानीय कृषकहरूको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने" उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले कृषि यन्त्र तथा उपकरण वितरण कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार सञ्चालन गरिएको यस कार्यक्रममा स्थानीय किसान, सहकारी संस्था तथा कृषि समूहलाई आधुनिक कृषि यन्त्र हस्तान्तरण गरिएको हो। कार्यक्रम ‘स्वच्छ, उत्पादनशील, समृद्ध शहर हेटौंडा’ भन्ने नारासहित हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमै आयोजित गरिएको थियो। कार्यक्रममा नगरपालिकाका नगर प्रमुख मीना कुमारी लामा, नगर उपप्रमुख राजेश बानिया, आर्थिक विकास महाशाखा प्रमुख जग्गनाथ सापकोटा, कृषि विकास शाखा प्रमुख प्रदिप रेग्मी लगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा लाभार्थी कृषकहरूको सहभागिता रहेको थियो। कृषि विकास…
Read More
हेटौंडामा असार २८ गते ‘मकवानपुर कोरा-२०२५’ हुने

हेटौंडामा असार २८ गते ‘मकवानपुर कोरा-२०२५’ हुने

हेटौंडा । यही असार २८ गते शनिबार हेटौंडामा हुने साइक्लिङ यात्रा ‘मकवानपुर कोरा-२०२५’ को रुट आयोजकले सार्वजनिक गरेको छ । आयोजकका अनुसार यस पटकको यात्रा हेटौंडा–४ स्थित भुटनदेवी स्कुल प्राङ्गणबाट सुरु हुनेछ। त्यसपछि यात्रा सितलमहल चोक, हुप्राचौर हुँदै पशुपति मन्दिर, ओम्याक्स हल रोड हुँदै थाहा चोकतर्फ अघि बढ्नेछ। त्यसपछि पश्चिम रजत स्तम्भ हुँदै मेनरोडको बुद्धचोक, कान्तिराजपथ, चौघडा बजारमा मोहि खानको लागि केहीबेर रोकिने कार्यक्रम रहेको छ। त्यसपछि यात्राले चुच्चेखोला, गैरिगाउँ, शिवम् सिमेन्ट, हटिया, चिसापानी हुँदै रंगशालालाई बायाँ पारेर नागसोतीतर्फ प्रस्थान गर्ने आयोजकले जनाएको छ । त्यहाँबाट कमानेमा पुनः मोहि खानको लागि विराम लिइनेछ। त्यसपछि नमुना चोक, बज्रगुरु मेडिकल हुँदै उत्तर…
Read More
हेटौंडामा नियात्राकार रञ्जु दाहाललाई र सम्मान

हेटौंडामा नियात्राकार रञ्जु दाहाललाई र सम्मान

हेटौंडा । चिरञ्जीवी `नेपाली´ स्मृति प्रतिष्ठान चितवनको आयोजनामा मकवानपुरको दिव्य सेवा निकेतन, रातमाटे हेटौंडामा नियात्राकार रञ्जु दाहाललाई रु.१५,०००/- सहित चिरञ्जीवी नेपाली स्मृति सम्मान समर्पण गरिएको छ । कार्यक्रममा रञ्जु दाहाल, रमेशमोहन अधिकारी, मञ्जु कोइराला, अप्सरा पुडासैनी, महेन्द्र कोइरालालगायतले रचना वाचन गर्नुभएको थियो भने निमेष निखिल, सुवास खनाल, भावना सापकोटा, विश्वनाथ सन्जेल, चिरञ्जीवी लामिछाने, उमेश तिमल्सिना, ॐभक्त भण्डारी, सन्जित श्रेष्ठ, वीणा पोखरेल, गौरी कँडेल, मदन विक, सुमनकिरण आदिले कविता, गजल तथा मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रममा जनार्दन खनाल, अरुण खतिवडा, डी.बी. बर्तौला, पूर्णकला घिमिरे, देवराज तिवारी, निरा पराजुलीलगायतका साहित्यकारको समेत उपस्थिति थियो । कार्यक्रमको सञ्चालन कपिल अज्ञातले, प्रमुख आतिथ्य प्रोल्लास…
Read More
मकवानपुरका २९ रेडक्रस उपशाखाको सहभागितामा समन्वय बैठक सम्पन्न

मकवानपुरका २९ रेडक्रस उपशाखाको सहभागितामा समन्वय बैठक सम्पन्न

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्ला भरिका सबै २९ वटै उपशाखाको सहभागीतामा बिपद ब्यबस्थापन सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ । बैठकले जिल्लामा हुनसक्ने बिपद जोखिमलाई न्यूनीकरण गर्न आबस्यक सामाग्री एवं जनशक्तिको ब्यवस्थापन गर्दै सम्पुर्ण तालिम प्राप्त स्वंमसेवकलाइ तयारी अबस्थामा राख्ने, उपशाखाको बैधानिक दायित्व पूरा गर्दै बार्षिक साधारणसभाको तयारी गर्ने लगायतको महत्त्वपूर्ण निर्णयहरु गरेको छ । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका उपसभापती यसोदा श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला शाखाका मन्त्री सुमित्रा काफ्लेले समग्र बिपद ब्यबस्थापन तथा उपशाखाको परिचालन, उपमन्त्री शिबहरि दाहालले जुनियर/ युवा सर्कल एवं स्वंमसेवक परिचालनका बारेमा छलफल चलाउनुभएको थियो । बैठकमा कोषाध्यक्ष किशोर…
Read More
हेटौंडामा वनमन्त्रीले गरे पत्कर धुलो बनाउने मेसिनको उद्घाटन

हेटौंडामा वनमन्त्रीले गरे पत्कर धुलो बनाउने मेसिनको उद्घाटन

हेटौंडा । डाङ्डुङ्गे सामुदायिक वन उपभोक्ता समुहको हाताभित्र जडान गरिएको पत्कर धुलो बनाउने मेसिनको उद्धाटन गरिएको छ । पत्कर धुलो बनाउने र कुहिएको पत्करलाइ धुलो बनाएर मल बनाउने मेसिनको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले गरेका हुन् । मेसिन उद्धागाटन कार्यक्रममा बोल्दै उनले मेसिन बाट उत्पादन भएको धुलो पत्कर कुखुरालाई ओछ्याउन काम लाग्ने र कुखुराको सुली मिसिएको धुलोले राम्रो मलको रुप लिने र त्यसबाट पनि आयाअर्जनको लागि बाटो खुल्ने बताए । आफ्नो कार्यकालमा वन समिति, उपभोक्ताहरुको हितमा नयाँ नीति लागुगर्न छलफल भैरहेको मन्त्री सिलवालले जानकारी दिए । डाङ्डुङ्गे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा भएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.