मकवानपुर पुर्ण खोपयुक्त जिल्ला घोषणा

हेटौंडा । मकवानपुर जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ ।

जिल्ला समन्वय समिती मकवानपुरको मुख्य आयोजना र जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडाको सहकार्यमा हेटौंडाको हिमालय दरबारमा कार्यक्रम भएको हो ।

जिसस प्रमुख ललित बहादुर घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभासदस्य तथा पुर्वमन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशक डाक्टर नरेन्द्रकुमार झा , जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्ण बहादुर मिजार , मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडाका उपकुलपति डाक्टर प्रदिप ज्ञवाली , हेटौंडा अस्पतालका निर्देशक डाक्टर रामचन्द्र सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.