हेटौंडामा कृषि यन्त्र उपकरण वितरण

हेटौंडा । “कृषि उत्पादनमा यान्त्रिकीकरण प्रवर्द्धन गर्दै स्थानीय कृषकहरूको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने” उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले कृषि यन्त्र तथा उपकरण वितरण कार्यक्रम सम्पन्न गरेको छ।

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार सञ्चालन गरिएको यस कार्यक्रममा स्थानीय किसान, सहकारी संस्था तथा कृषि समूहलाई आधुनिक कृषि यन्त्र हस्तान्तरण गरिएको हो।

कार्यक्रम ‘स्वच्छ, उत्पादनशील, समृद्ध शहर हेटौंडा’ भन्ने नारासहित हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमै आयोजित गरिएको थियो। कार्यक्रममा नगरपालिकाका नगर प्रमुख मीना कुमारी लामा, नगर उपप्रमुख राजेश बानिया, आर्थिक विकास महाशाखा प्रमुख जग्गनाथ सापकोटा, कृषि विकास शाखा प्रमुख प्रदिप रेग्मी लगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा लाभार्थी कृषकहरूको सहभागिता रहेको थियो।

कृषि विकास शाखाका अनुसार आ.व. २०८१/८२ को कृषि यन्त्रीकरण प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५०% अनुदानमा १९ वटा हाते ट्याक्टर ७१ वटा स्प्रे पम्प ७९ वटा ज्याब प्लन्टर १ कम्बाइन मिल १ पानी तान्ने पम्प र ४१ वटा मकै छोडाउने मेसिन हस्तान्तरण गरिएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.