हेटौंडामा स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका सभाहलमा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सोमबार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका र एएचएफ नेपालको सहकार्यमा आयोजित उक्त बैठकमा नगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।

बैठकमा हेटौंडा क्षेत्रमा एचआईभी नियन्त्रण तथा रोकथाम सम्बन्धी हाल सञ्चालनमा रहेका कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै आगामी दिनमा जनचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउने निर्णय गरिव्को थियो। यसका साथै जोखिममा रहेका समूहहरूलाई लक्षित गर्दै परीक्षण, परामर्श तथा उपचार सेवा सहज रूपमा उपलब्ध गराउने र नगरपालिकाले आवश्यक समन्वय तथा सहजीकरण गर्ने विषयमा समेत बैठकले सहमति जनाएको छ ।

यस क्रममा सहभागीहरूले नियमित अनुगमन तथा समीक्षा गर्दै प्रगतिको प्रतिवेदन तयार गर्ने र त्यसका आधारमा आगामी योजना परिमार्जन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

बैठकले सामूहिक प्रयासमार्फत हेटौंडामा एचआईभी संक्रमणको जोखिम घटाउने र समुदायमा सचेतना बढाउने उद्देश्यलाई अझ मजबुत रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ।

संस्थाका अमृत लामिछानेले सन्चालन गरेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता,उपमेयर राजेश बानियाको विशेष आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, भिमप्रसाद तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.