हेटौंडा । डाङ्डुङ्गे सामुदायिक वन उपभोक्ता समुहको हाताभित्र जडान गरिएको पत्कर धुलो बनाउने मेसिनको उद्धाटन गरिएको छ । पत्कर धुलो बनाउने र कुहिएको पत्करलाइ धुलो बनाएर मल बनाउने मेसिनको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले गरेका हुन् ।

मेसिन उद्धागाटन कार्यक्रममा बोल्दै उनले मेसिन बाट उत्पादन भएको धुलो पत्कर कुखुरालाई ओछ्याउन काम लाग्ने र कुखुराको सुली मिसिएको धुलोले राम्रो मलको रुप लिने र त्यसबाट पनि आयाअर्जनको लागि बाटो खुल्ने बताए । आफ्नो कार्यकालमा वन समिति, उपभोक्ताहरुको हितमा नयाँ नीति लागुगर्न छलफल भैरहेको मन्त्री सिलवालले जानकारी दिए ।

डाङ्डुङ्गे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी बागमती प्रदेश सभा सदस्य भारती पाठकले शुभकामना ब्यक्त गर्दै वन उपभोक्ता महासङ्घ सगपनी हातेमालो गर्न सुझाइन् । आफु सामुदायिक वन उपभोक्ता महासङ्घको केन्द्रिय अध्यक्ष पनि भएकोकोले वनको मुद्दामा वकालत गरेको, बजेट ल्याउन सक्दो पहल गरेको बताइन् ।
कार्यक्रममा वडाध्यक्ष जुना दाहाल, दिविजन वन कार्यालय राप्ती मनहरीका प्रमुख हेमराज थापा, सहायक वन अधिकृत सुरेशकुमार गुप्ता, वन अधिकृत दामोदर पाण्डे, सब-डिभिजन वन कार्यालय सनन्टारका प्रमुख हरिप्रसाद अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

























