समाचार

हेटौंडामा सञ्चारकर्मीहरूका लागि जलवायु परिवर्तनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

हेटौंडामा सञ्चारकर्मीहरूका लागि जलवायु परिवर्तनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

हेटौंडा । जलवायु परिवर्तन र यसको असरबारे बागमती प्रदेशका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्न लक्षित कार्यक्रम आइतबार हेटौंडामा सम्पन्न भएको छ। बागमती प्रदेश सरकार अन्तर्गतको वन तथा वातावरण मन्त्रालयको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिल्वालले जलवायु परिवर्तनका कारण पृथ्वीको सतहको तापक्रम बढ्दै गएको र यसले वातावरणदेखि कृषि, जलस्रोत, मानव स्वास्थ्यसम्म गम्भीर असर पुर्‍याइरहेको बताए। उनले भने, “जुन गर्मी हिजो असहज लाग्दैनथ्यो, आज साह्रै गाह्रो भइरहेको छ। मौसमले आफ्नो ताल छाड्न थालेको छ—वर्षा बेलामा नहुने, नहुने बेलामा झन् डुबाउने। कहिले सुख्खा, कहिले बाढी। यो सबै जलवायु परिवर्तनका लक्षण हुन्।” मन्त्री सिल्वालले समस्याको…
Read More
हेटौँडामा सडकमा रुख ढल्दा भारतीय मोटरसाइकल चालक घाइते

हेटौँडामा सडकमा रुख ढल्दा भारतीय मोटरसाइकल चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धि सिद्धि सिमेन्ट फ्याक्ट्री नजिकै पूर्व–पश्चिम राजमार्गमा रुख ढल्दा एक जना भारतीय नागरिक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज दिउँसो करिब १२:१५ बजेको समयमा भारतको बिरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको बीआर ३२ एके १२४१ नम्बरको भारतीय मोटरसाइकलमा अचानक रुख ढलेर लाग्दा मोटरसाइकल चालक भारत मधुबन–५ का अन्दाजी २० वर्षीय कनैया कुमार घाइते भएका हुन्। घटनापछि प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेर करिब १२:४० बजे रुख काटी सडक पूर्ण रूपमा सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ। घाइते कनैया कुमारलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले…
Read More
हेटौंडामा टोल विकास संस्थाको रजत जयन्ती भव्यताका साथ सम्पन्न

हेटौंडामा टोल विकास संस्थाको रजत जयन्ती भव्यताका साथ सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा टोल विकास संस्थाको २५औँ स्थापना दिवस तथा रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ। टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता र हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा आयोजित सो विशेष कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, संस्थाका सल्लाहकार, अभियन्ता र नगरभरिका टोल प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि मेयर लामाले “सशक्त टोल संस्था भनेको नै समुन्नत नगरको आधार हो” भन्दै टोलस्तरमा बढ्दो सहभागिता, सचेतना र सेवा भावनाले समावेशी तथा सक्षम स्थानीय शासन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले २०५६ साल असार…
Read More
हेटौँडा १७ मा धान दिवस मनाईयो

हेटौँडा १७ मा धान दिवस मनाईयो

हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले गत वर्ष झैं यस वर्ष पनि धान दिवश २०८२ कार्यक्रम गरी मनाएको छ । यसपटकहेटौंडा–१७ स्थित पत्केरी फाँटमा कृषक खुश प्रसाद सुवेदीको खेतमा धान रोपेर धान दिवश मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा बागमतीप्रदेश सभा सांसद कुमारी मोक्तानले धान दिवस कार्यक्रम सान्दर्भिक रहेकाले कार्यक्रमको उद्देश्य पूरा होस् भन्ने कामना गर्नुहुँदै कृषि पेशालाई प्रोत्साहन तथा संरक्षण गर्नुपर्ने र कृषि नीतिलाई आधुनिकीकरण गर्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले आजको कार्यक्रम मुल रुपमा धान रोपेर मनाउने दिन रहेको, मउवासंघ अन्तर्गत रहेको विभिन्न समितिहरु मध्ये कृषिप्रवद्र्धन समिति एक रहेको, गत…
Read More
हेटौंडामा २२ औं राष्ट्रिय धान दिवस धुमधामसँग सम्पन्न

हेटौंडामा २२ औं राष्ट्रिय धान दिवस धुमधामसँग सम्पन्न

हेटौंडा । ‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मानिर्भरता’ भन्ने मूल नाराका साथ २२ औं राष्ट्रिय धान दिवस आइतबार हेटौंडामा पनि भव्यताका साथ मनाइएको छ। हरेक वर्ष असार १५ गते धान रोपाइँसँगै मनाइने यो दिवस यसपटक हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न भयो। कार्यक्रम अन्तर्गत हेटौंडाकी नगरप्रमुख मिना कुमारी लामाले हेटौंडा–१७ स्थित राजदेवीमा धान रोप्ने मेसिन चलाएर धान रोपाइँको शुभारम्भ गरेकी थिइन्। साथै धान दिवसको अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई समेत खेतमा लगेर रोपाइँ अवलोकन गराइएको थियो। उपमहानगरपालिकाले हेटौंडा–१७ लाई धान पकेट क्षेत्रको रूपमा विस्तार गरिरहेको जनाउँदै किसानहरुलाई धान बिउ, किटनाशक औषधि, ट्याक्टर, हातेपम्प र…
Read More
सिमलटारका युवाहरुले दही चिउरा खाएर धान दिवस मनाए

सिमलटारका युवाहरुले दही चिउरा खाएर धान दिवस मनाए

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा सिमलटारका युवाहरूले दही चिउरा खाएर राष्ट्रिय धान दिवस मनाएका छन् । माना रोपेर मुरी फलाउने पर्वको रुपमा धान दिवस मनाउने गरिन्छ । कृषि प्रधान देश नेपालको मुख्य पेशा नै कृषि हो । दिनभरी धान रोपेर थाकेका रोपाहार र बौसे गर्ने लाठेहरुले शितलताको लागि दही र अलि आडिलो हुन चिउरा खाजाको रुपमा खाने चलन रहेको जानकारहरु बताउँछन् । सँस्कृति जोगाउने उदेश्यले पनि युवाहरूको जमात मिलेर दही, चिउरा, फलफूल खाएको सिमलटार टोल विकास संस्थाका पुर्व अध्यक्ष मधुकुमार थापामगर (विशेष) ले बताए । ‘हामी विभिन्न तहतप्काका युवाहरू मिलेर खाजा (दही , चिउरा , फलफूल) खाइ धान…
Read More
हर्के हवल्दारले हेटौँडामा रोपे धान

हर्के हवल्दारले हेटौँडामा रोपे धान

हेटौंडा । हेटौंडा उपमहानगरपालिका कि मेयर मिना कुमारी लामा, हेटौँडा ११ वडाध्यक्ष जुना दाहाल, हेटौंडा ३ का वडाध्यक्ष ढलक थापा, वडा सदस्य गोपिनी सापकोटा खेतमा धान रोपेर धान दिवस मनाइरहेका थिए । ‘‘असारे गीत धानको बाला रोपेर अहिलेलाई छोडिराखौँला धानको बाला झुलेसी आएर फेरि गोडौला’’ यस्तै–यस्तै भाका हाल्दै मेयर लगायत अरु पनि रोपाहारहरु । बिचमा भाका हाल्न र धानको बिउको मुठो बोकेर नेपालका चर्चित हास्य कलाकार हर्के हवल्दार टेलिसिरियलका निर्माता तथा प्रमुख पात्र हर्के हवल्दार बिष्णु सापकोटा एक्कासि पुगेर गित गाउँदै, धान रोप्न थाले । केही समय मेयर लामा लगायत अरु सँगपनि उनले हिलो छ्यापाछ्यप गर्न लागे र हिलोबाट आफुलाइै…
Read More
मकवानपुरमा एमालेद्वारा विपद् प्रतिकार्य द्रुत टोली गठ

मकवानपुरमा एमालेद्वारा विपद् प्रतिकार्य द्रुत टोली गठ

हेटौँडा । नेकपा एमाले मकवानपुरले विपद्को समयमा नागरिकको जीवन र भौतिक संरचनाको सुरक्षाका लागि जिल्लास्तरदेखि स्थानीय तहसम्म विपद् प्रतिकार्य टोली निर्माण गर्ने भएको छ। पार्टी जिल्ला कार्यालय हेटौँडामा बिहीबार बसेको नेकपा एमाले मकवानपुरको जिल्ला विपद् व्यवस्थापन तथा स्वयंसेवक विभाग, वन तथा वातावरण विभाग, स्वास्थ्य विभाग र जनसंगठन समन्वय संयन्त्रको संयुक्त बैठकले जिल्लास्तरीय ६५ सदस्यीय विपद् प्रतिकार्य द्रुत टोली (स्वयंसेवक दस्ता) निर्माण गर्ने निर्णय गरेको हो। बैठक जिल्ला विपद् विभागका प्रमुख शिवहरि दाहालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर पार्टी इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टी जिल्ला सचिव सिता विष्ट, उपसचिव आरती पाठक, जनसंगठन समन्वय…
Read More
रोजगारीको अवसर नदेखेर युवा विदेश पलायनमा : मुख्यमन्त्री लामा

रोजगारीको अवसर नदेखेर युवा विदेश पलायनमा : मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले रोजगारीको क्षेत्र पहिचान गर्न नसक्दा प्रदेशका युवा विदेशिन बाध्य भएको बताउनुभएको छ।शनिबार हेटौँडामा सम्पन्न बागमती प्रदेश उद्योग परिसंघ र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सीप महोत्सवको समापन समारोहमा बोल्दै मुख्यमन्त्री लामाले रोजगारका अवसर थाहा नपाएर युवाहरु अलमलिँदै विदेश पलायन हुने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो। "उद्योगधन्दा बिना रोजगारी सिर्जना हुन सक्दैन," उहाँले भन्नुभयो, "उद्योग फस्टाउन नसके रोजगारीको वातावरण पनि बन्न सक्दैन।" साथै, सरकारी क्षेत्रलाई सेवा प्रदायकको रूपमा मात्र हेर्नुपर्ने उल्लेख गर्दै उहाँले रोजगारीका लागि निजी उद्योग र उद्यमलाई संरक्षण र प्रोत्साहन गर्न सरकार खुकुलो नीति लिनेतर्फ अग्रसर हुनुपर्नेमा जोड…
Read More
संघीयतापछि स्वास्थ्य क्षेत्रमा सुधार भएको मुख्यमन्त्री लामाको दाबी

संघीयतापछि स्वास्थ्य क्षेत्रमा सुधार भएको मुख्यमन्त्री लामाको दाबी

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघीय संरचनापछि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गर्नुभएको छ। शनिबार हेटौँडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा एकल अधिकारका रुपमा काम गरिरहेको बताउनुभयो। उहाँले प्रदेशका १३ वटा प्रादेशिक अस्पताल क्रमशः सुधारोन्मुख अवस्थामा रहेको उल्लेख गर्दै विगतमा संघ सरकारको मातहत रहेका अस्पतालहरु अहिले डाक्टर र नर्स उत्पादन गर्ने शैक्षिक थलोमा परिणत भएको जानकारी दिनुभयो। मुख्यमन्त्री लामाले हेटौँडा अस्पतालको ३ सय बेडको भवनबाट सेवा सुरु गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै यसले बाहिरी जिल्लाका बिरामीहरुलाई समेत सहज सेवा उपलब्ध हुने बताउनुभयो। साथै,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.